व्यक्तित्व विकास

गृहपृष्ठ » » व्यक्तित्व विकास » लेखहरु »

नभैनहुने २५ फेसनेबल कुरा

फेसनको यो समयमा जो कोही ट्रेन्डी देखिन चाहन्छन्।

स्टाइलिस ह्यान्ड ब्याग्सः कुनै पनि मिटिङ अटेन्ट गर्न होस् वा साथीभाइसितको सपिङ, सबैभन्दा पहिलो आवश्यकता हो, मौसमअनुरूपको  ह्यान्ड ब्याग। त्यसैले आफ्नो वार्डरोबमा स्टाइलिस ह्यान्ड ब्याग्सको सकेसम्म विकल्प हुनुपर्छ, जस्तै ठूल्ठूला ब्याग, पोटली ब्याग, ज्वेल्ड क्लच  आदि।

दुई-तीनवटा ब्ल्याक ड्रेसेजः वार्डरोबमा ब्ल्याक ड्रेसमा इन्डियन, वेस्टर्न र इन्डो-वेस्टर्न विकल्पहरू राख्नुपर्छ। यी हरेक विशेष अवसरमा  स्टाइलिस्ट देखिन्छन्।

स्टोल्स एन्ड स्कार्फः यदि आउटफिट सिम्पल छ भने कलरफुल प्रिन्टेड स्टोल वा स्कार्फबाट त्यसलाई फरक लुक प्रदान गर्न सकिन्छ। वाडर् रोबमा सिल्क, कटन बाहेक केही हेभी वर्क भएका स्टोल्स र स्कार्फ पनि समावेश गर्नुपर्छ।

स्मार्ट वाचः यदि कुनै पनि एक्सेसरिज प्रयोग गर्नुहुन्न भने एउटा स्मार्ट र स्लीक लुक भएको नाडी घडी प्रयोग गरेर आफ्नो व्यक्तित्वमा  मोर्डन लुक ल्याउन सकिन्छ।

सनग्लासेसः सनग्लासले आँखालाई घाम तथा धूवाँ-धूलोबाट रक्षा मात्र गर्दैन यसले व्यक्तित्वलाई स्टाइलिस लुक पनि प्रदान गर्छ। हट लुक  प्राप्त गर्न सनग्लासको प्रयोग उपयुक्त हुन्छ।

परफ्युम डियोजः परफ्युमको सुगन्धले आकर्षक छवि प्रदान गर्नुका साथै फ्रेस अनुभूति पनि गराउँछ। यसलाई वार्डरोबको अभिन्न पक्षका रु पमा अपनाउनुपर्छ।

पेन्सिल हिल स्यान्डल्सः विशेष अवसरमा हाई हिल वा पेन्सिल हिल प्रयोग गर्नुपर्छ। यसको प्रयोगबाट व्यक्तित्वमा स्मार्टनेस ल्याउन सकिन्छ।

फ्ल्याट चप्पलः कुल र ट्रेन्डी लुकका लागि केही फल्याट चप्प्पल पनि वार्डरोबमा समावेश गर्नुपर्छ। यिनलाई पहिरनसित म्याच गरी लगाउन  सकिन्छ, साथै चप्पल आरामदायक पनि हुन्छ।

सेक्सी लेसी लोन्जरीः सेक्सी लुकका लागि लेसी प्रयोग गर्नुपर्छ। विशेषगरी आफ्नो पहिरनसित सुहाउँदो तथा पर्फेक्ट फिटिङयुक्त लोन्जरी वाडर् रोबमा समावेश गर्नुपर्छ।

ज्याकेट्सः सिम्पल टिसर्ट तथा कुल ट्रेन्टी ज्याकेटले स्टाइलिस लुक प्रदान गर्छ। त्यसैले वार्डरोबमा डेनिम र लेदर ज्याकेट समावेश गर्नुपर्छ।

कलर्ड कन्ट्याक्ट लेन्सः ड्रामेटिक लुकका लागि कलर्ड कन्ट्याक्ट लेन्सको प्रयोग राम्रो मानिन्छ। पहिरनसित सुहाउँदो वा आँखालाई आकर्षक  बनाउन ग्रे, ब्राउन, ग्रीन वा ब्लू कलरको कन्ट्याक्ट लेन्स प्रयोग गर्नुपर्छ।

लिप बामः ओठलाई सफ्ट तथा स्मुथ बनाउन लिप बाम प्रयोग गर्नुपर्छ। फुटेको ओठले व्यक्तिको छवि बिगार्न सक्छ।

लिप ग्लसः क्षणभरमा ग्ल्यामरस लुक चाहने हो भने लिप ग्लसभन्दा राम्रो उपाय अरूकेही हुन सक्दैन।

फाउन्डेसन वा कन्सिलरः हेल्दी स्कीन ब्युटी तथा स्टाइलिस्ट लुकको पहिलो सर्त हो। स्कीनमा दाग भए स्वयंमा कन्फिडेन्स आउँदैन। यसैले  कवर गर्नका लागि फाउन्डेसन वा कन्सिलर प्रयोग गर्नुपर्छ।

हेयर ब्रसः केशलाई व्यवस्थित गर्न हेयर ब्रस साथमा राख्नुपर्छ। यसबाट कुनै पनि बेला अचानक क्लीन लुक मेन्टेन गर्न सहयोग पाइन्छ।

वेट एन्ड ड्राई टिस्यू वाइप्सः यसको आवश्यकता कुनै पनि बेला हुन सक्छ। घाम, धुवाँ धूलो वा कुनै पनि ठाउँको यात्रा गर्दा तुरुन्तै फ्रेसनेस  प्राप्त गर्न यसको प्रयोग उपयुक्त हुन्छ।

ब्ल्याक लेगिङः स्मार्ट लुकका लागि ब्ल्याक फिटिङयुक्त लेगिङलाई वार्डरोबमा समावेश गर्नुपर्छ। ब्ल्याक लेगिङ सबैखाले कुर्ती वा ट्युनिक्ससित  म्याच गर्छ।

 स्मार्ट क्लचः पार्टीका लागि ज्वेल्ड वा इम्बेलिस्ट क्लचको उपयोगिता बढ्छ। यसले व्यक्तित्वलाई एलिगेन्ट लुक प्रदान गर्छ।

बडी वास र स्क्रबः स्किनमा पनि ध्यान पुर्‍याउनुपर्छ। राम्रो सुगन्धको बडी वास प्रयोग गर्नुपर्छ र छालाको सफाइ र चमकका लागि सातामा  एकपटक स्क्रब प्रयोग गर्नुपर्छ।

मेकअप किटः एउटा पूर्ण मेकअप किट साथमा हुनु आवश्यक छ। उक्त किटमा विशेषगरी आई स्याडो, ब्लस, मेकअप ब्रस, लिपिस्टिक,  मस्करा, कम्पेक्ट, नेल पेन्ट, सुफले, ट्रान्सपरेन्ट नेलपोलिस आदि हुनुपर्छ।

स्टाइलिस बेल्ट्सः फंकी लुकका लागि बेल्ट पनि राम्रो अप्सन हो। ज्वेल्ड बक्कलयुक्त बेल्ट वा सिमरी बेल्ट धेरै हदसम्म स्टाइलिस देखिन्छ।

ट्रेन्डी एक्सेसरिजः एक्सेसरिज प्रयोग गरी आफ्नो लुकलाई पूर्ण रूपले परिवर्तन गर्न सकिन्छ। त्यसैले ट्रेन्डी एक्सेसरिज किटमा समावेश  गर्नुपर्छ। जस्तै, केही चंकी ज्वेलरिज, एलिगेन्ट नेकपिस, इयररिङ हुप्स, पर्ल ड्रप, टेलिकेट पेन्टेन्ड ब्रेसलेट्स, फिंगर रिङ आदि।

क्लीन्जर, टोनर, सनस्क्रिन तथा मोइस्चराइजरः स्कीन केयरका यी सामग्री अनिवार्य रूपमा साथमा हुनुपर्छ। स्कीन स्वस्थ रहे मात्र ब्युटिफुल  र स्टाइलिस देखिन सकिन्छ।

गाजलः गाजल पेन्सिल पनि साथमा राख्नुपर्छ। आँखालाई हाइलाइट गर्न गाढा गाजल लगाउनुपर्छ र त्यसका साथमा ट्रान्सपरेन्ट ग्लसले  ग्ल्यामरस लुक प्रदान गर्छ।

सकारात्मक सोचः व्यक्तिको स्टाइल स्टेटमेन्ट धेरै हदसम्म उसको सोचमा निर्भर गर्छ। अतः सकारात्मक विचारले सबैमा राम्रो प्रभाव  पार्नुपर्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :