भृकुटीमण्डपमा बाइक स्टन्ट
गत शुक्रबार फन पार्क भृकुटीमण्डपमा बाइक स्टन्ट हेर्नेहरूको ठूलै भीड लाग्यो। केसिएम कलेजले आयोजना गरेको नवौं म्युजिक कम्पिटसनका अवसरमा राइडर्स युनिफाइड ग्रुपले बाइक स्टन्ट प्रदर्शन गरेको थियो। विभिन्न कलेजका विद्यार्थी, शिक्षक तथा सेलिबि्रटीहरूले बाइक स्टन्टको मज्जा लिएका थिए।
'म त छक्कै परें।' नेसनल कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रागिनी महर्जनले भनिन्, 'मैले त पहिलो पटक देखें।' उक्त अवसरमा दस जना गेस्ट आर्टिस्टले साहसिकपूर्ण खेल बाइक स्टन्ट प्रदर्शन गरेका थिए। 'बाइक स्टन्ट मनोरञ्जनका लागि मात्र नभई आत्मसन्तुष्टिका लागि पनि हो।' राइडर्स दीपेशले भने। प्रहिक न्यौपानेले संयोजन गरेको उक्त कार्यक्रममा राइडर्स दीपेश, रसिक कर्माचार्य, सैलेश शाही तथा रिकेश श्रेष्ठले स्टन्ट शो गरेका थिए।
तपाईंको प्रतिकृया