महोत्सव

गृहपृष्ठ » » महोत्सव » लेखहरु »

मगरगाउँमा लघुसांस्कृतिक महोत्सव

लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले मगरगाउँ कसेनी, ओलेसमा दुईदिने लघु सांस्कृतिक महोत्सव हुने भएको छ। मगर समुदायमा  प्रचलित झ्याउरे, मारुनी एवं सोरठी नाच संरक्षण गर्न आगामी पुस १३ र १४ गते महोत्सवको महोत्सवको आयोजना गर्न लागिएको हो। ' पछिल्लो समयमा मगर संस्कृति लोप हुन लागेको छ,' महोत्सव मूल आयोजक समितिका अध्यक्ष टेकबहादुर आलेले भने, 'विदेशी संस्कृतिको  प्रभाव बढेको छ। त्यसैले अब आउने पुर्खाले हेरेरै भए पनि सिक्न सकून् भन्ने उद्देश्य हो।' उनले पहिले-पहिले सोरठी, ख्याली, मारुनी,  झ्याउरेनाच प्रचलित भए पनि पछिल्लो पुस्ताले बिर्सिएको बताए। गाउँघरमा परम्परागत नाच लोप हुन लागेका छन्।

स्थानीय समाजसेवी कृष्ण रानाले भने, 'संस्कृति र परम्पराले मात्र हामी को हौं भन्ने पहिचान दिन सक्छ, त्यसैले संरक्षण गर्नु आवश्यक देखेर  महोत्सव गर्न लागेका हौं।' समितिका अनुसार महोत्सवका अवसरमा यस भेगका दुई दर्जन गाउँमा नाचिने परम्परागत नृत्य प्रदर्शन गरिनेछ।  महोत्सवमा मगर समुदायमा प्रचलित झ्यारे, मारुनी नाच असली पहिरन तथा वेशभूषासहित प्रदर्शन गरिने उनले बताए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :