काभ्रे लेडिज ट्यालेन्ट शो-२०१२ को तयारी
बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेका युवतीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो-२०१२, सिजन-४ को तयारी काभ्रेस्थित बनेपा पोलिटेक्निकमा भैरहेको छ। काभ्रे जिल्लाका धुलिखेल, नाला, बनेपा, पाँचखाल, पनौती, साँगा, भकुण्डे, शंखु आदि ठाउँबाट प्रतिस्पर्धीहरूले आवेदन फारम भरी उत्कृष्ट १० जना फाइनलका लागि छनौट भएका छन्। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने यो प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूहका अविवाहित युवतीहरूको सहभागिता छ। अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर राज फैजुले प्रशिक्षण दिइरहेका छन्। यसअघि सोफिया शाक्य, प्रमिता थापा र सुस्मिता सापकोटाले काभ्रे लेडिज ट्यालेन्टको उपाधि जितिसकेका छन्। कार्यक्रमको फाइनल आगामी पुस १४ गते बनेपामा हुँदैछ।
तपाईंको प्रतिकृया