उपाधि

गृहपृष्ठ » » उपाधि » लेखहरु »

सुरेश गौली नयाँ मिस्टर नेपाल

वर्ष २०१२ को मिस्टर नेपालको उपाधि सुरेश गौलीले जितेका छन्। सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा गत शनिबार सम्पन्न  निर्णायक प्रतिस्पर्धाका गौलीले आफ्ना २० प्रतिस्पर्धीलाई पाखा लगाउँदै नगद ५० हजार रुपैयाँसहितको उपाधि जितेका हुन्। निर्णायक  चरणसम्म पुग्न सफल ७ प्रतिस्पर्धीले निर्णायकले सोधेका प्रश्नको जवाफ दिएका थिए।

परिचयात्मक चरणबाट प्रारम्भ भएको प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धीहरू फेसन शोमा सहभागी भए। त्यसपछिको सिक्वेन्सका लागि  उत्कृष्ट १५ को छनौट गरियो। उक्त चरणमा पनि प्रतिस्पर्धीलाई विभिन्न प्रश्न सोधिएको थियो। उनीहरूको दिएको जवाफका आधारमा निणार् यक ७ जना प्रतिस्पर्धी छानिएका हुन्। विजेता सुरेशले नगदका साथै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत पाएका छन्। गौलीले मिस्टर  हेन्डसमको उपाधिसमेत जिते। प्रतियोगितामा संगीत श्रेष्ठले फस्ट रनर्सअप तथा नीरज पन्तले सेकेन्ड रनर्सअपको उपाधी जित्न सफल भए।  फस्ट रनर्सअप संगीतले बेस्ट वाकको उपाधि पनि जिते। सेकेन्ड रनर्स अप पन्तले भने बेस्ट पर्सनालिटीको शीर्षक उपाधि पनि पाए।

प्रतियोगिताका शीर्षक उपाधितर्फ अभिशेष जोशीले फोटोजेनिक, आर्यन रोकायाले डिसिप्लिन, चन्दन महर्जनले चार्मिङ, विकास थापाले  फिजिक, अनिल थापाले बेस्ट ड्रेस र मोस्ट स्टाइलिस्ट, नीरज रौनियारले भ्युअर्स च्वाइस, सौगात बरालले मोस्ट पपुलर, प्रवीण राणाले मिस्टर  स्र्पोट्स, विजय केसीले बेस्ट परफर्मेन्स, उमेश केसीले मोस्ट फ्रेन्डली तथा तेज गिरीले मोस्ट ट्यालेन्टेडको उपाधि जिते। चाँदनी लामिछाने  तथा सजलजंग केसीले संयुक्त रूपमा कोरियोग्राफी गरेको उक्त प्रतियोगिताका क्रममा फेसन शो, बडी बिल्डिङ तथा सांगीतिक कार्यक्रम पनि  प्रस्तुत गरियो। मिग्मा शेर्पा, भरत सिटौला, डम्बर नेपाली, बिनेश खड्गी, रिता महर्जन आदि गायक-गायिकाले कार्यक्रममा आफ्ना लोकप्रिय  गीत-संगीत प्रस्तुत गरेका थिए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

साप्ताहिक समाचारद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :