चितवनमा सत्य-स्वरूपको धमाका
गायक सत्य-स्वरूप आचार्यको सांगीतिक प्रस्तुतिमा झुम्ने चितवनवासीको चाहना धेरै पहिलेदेखि थियो, ढिलै भए पनि त्यो चाहना पुर्याउने काम चितवन सक्रिय समूहले गर्यो। समूहले आचार्य दाजुभाइसँगै दोहोरी गायक गायक खुमन अधिकारीलाई निम्त्याएर बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ अक्षयकोष स्थापनाका लागि कलाकारहरूले उपस्थिति जनाएका हुन्।
दर्शकलाई भावुक बनाएका सत्यले आधा दर्जन गीत गाए। लगत्तै स्टेजमा पुगेका दोहोरी गायक खुमन अधिकारीले भावुक दर्शकलाई गाउँदै नाच्ने अवसर प्रदान गरे। उनलाई दोहोरीमा स्थानीय गायिका पुष्पा भट्टराईले साथ दिएकी थिइन्। सबैको रोजाइमा पर्न सफल गायक स्वरू पराज स्टेजमा देखा पर्दा भने तालीको वर्षा भयो। दर्शकले पनि स्वरूपसँगै गाउने अवसरको सदुपयोग गरे।
तपाईंको प्रतिकृया