भूतसँग
एक टेलिभिजन अन्तर्वार्तामा अमेरिकी पपस्टार केशाले आफूले भूतसँग 'सेक्सी टाइम' बिताएको दाबी गरेकी छिन्। 'सुरुमा उसले मलाई प्रे मपूर्वक स्पर्श गर्यो र मैले ऊसँग सेक्सी समय बिताएँ।' २५ वर्षीया केशाले दाबी गरेकी छिन्। भूत आफ्नै घरमा आएर रात बिताएको के शाको दाबी छ। कार्यक्रम प्रस्तोताले के तपाईंले भूतसँग रात बिताउनुभएको छ भनी सोधेको प्रश्नमा केशाले आफू भूतसँग 'बोल्न जान्ने' भैसकेको बताइन्। आफूलाई उनको नाम जानकारी नभएको तर आफ्नो घरमा आएको बताएको कुरा द सन पत्रिकाको समाचारमा उल्लेख छ। बेलाबेला अनेक लफडा गरिरहने केशाले हालै बजारमा आएको एल्बम 'वारियर'लाई चर्चामा ल्याउन यस्तो अनौठो दाबी गरेको हुन सक्ने अमेरिकी संचारमाध्यमहरूले टिप्पणी गरेका छन्।
तपाईंको प्रतिकृया