अमिर शेख, गायक
सांगीतिक क्षेत्रमा आउनुभएको कति भयो ?
करिब एक दशकदेखि म सांगीतिक क्षेत्रमा छु। सुरुमा म पिस ब्यान्ड समूहमा गायकका रूपमा सक्रिय थिएँ। हामीले नेपालका थुप्रै सहरमा कन्सर्ट पनि गर्यौं। त्यसपछि मैले गुरुदेव कामतसँग चार वर्ष संगीत सिकें। कलकत्तामा वेस्टर्न म्युजिकको प्रशिक्षण गरेपछि मुम्बईमा दुई वर्ष लगाएर संगीतको अध्ययन गरेँ।
मुम्बईको सांगीतिक प्रशिक्षण कस्तो रह्यो ?
सारेगमप एकेडेमीमा मैले अलका याज्ञिक, स्माइल दरबार, जतिन ललित जस्ता संगीतकर्मीसँग सिक्ने अवसर पाएँ। जगजित सिंहसँग उहाँको जीवनको अन्तिम चार महिना सँगै बिताएँ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै मैले नेपाली गीतहरूको पहिलो एल्बम 'द सेभेन्थ नोट' सार्वजनिक गरेको छु जसमा स्लो रक, हार्ड रक, प्रोग्रेसिभदेखि लोकभाकासम्मका गीत गाएको छु। त्यसबाहेक म सन् २०१३ मा हिन्दी गीतको एउटा एल्बम पनि तयार पार्दैछु।
हिन्दी गीतको एल्बममा कस्ता गीत हुनेछन् ?
प्रोगे्रसिभ रक शैलीका गीत भारतका श्रोताका लागिसमेत नयाँ हुनेछ। स्माइल दरबार र जतिन-ललितको संगीतमा चारवटा गीत रेकर्ड गराइसकें।
संगीत तपाईंको सौख कि करियर ?
संगीतलाई मैले करियर बनाएको छु। नेपाल तथा भारतको सांगीतिक क्षेत्रमा सक्रिय रहेर यसैलाई जीविकोपार्जनको माध्यम बनाउने लक्ष्य लिएको छु।
तपाईंको प्रतिकृया