चलचित्र

गृहपृष्ठ » » चलचित्र » लेखहरु »

दबंग-२

चलचित्र 'दबंग' को सफलताले सलमान खानको करियरको ग्राफलाई शिखरमा पुर्‍याएको थियो। 'दबंग' पछि सलमानले अभिनय गरेका प्रायः  सबै चलचित्रले राम्रो व्यापार गरे। उनका प्रशंसकहरूलाई उनले अभिनय गर्ने चलचित्रको कथा, पटकथा, अभिनयसँग कुनै सरोकार हुँदैन।  उनीहरू केवल सलमानलाई हेर्नका लागि मात्र सिनेमा हलसम्म पुग्छन्। 'दबंग-२' मा करिब-करिब 'दबंग' कै कलाकार तथा प्राविधिकहरू  छन्। नयाँ चलचित्रमा दुई महत्वपूर्ण परिवर्तन गरिएका छन्, खलनायकका रूपमा यो चलचित्रमा प्रकाश राज देखिएका छन्। प्रकाशराजले  यसअघि 'वान्टेड' तथा 'सिंघम' जस्ता चलचित्रमार्फत दर्शकको मन जितिसकेका छन्। यसपटक चलचित्रको निर्देशनको जिम्मा अरबाज खानले  लिएका छन्। 'दबंग' को निर्देशन अभिनव कश्यपले गरेका थिए तर दबंग-२ मा उनको खान दाजुभाइसँग केही मनमुटाव भएपछि निर्देशनको  जिम्मा अरबाजले लिएका हुन्।

'दबंग-२' मा पुनः एकपटक चुलबुल पाण्डेका (सलमान खान) चुलबुले क्रियाकलाप देख्न पाइनेछ। यो  चलचित्रको कथालाई त्यहीँबाट अघि बढाइएको छ जहाँ 'दबंग' समाप्त भएको थियो। चुलबुल पुनः एकपटक चलचित्रको मुख्य भूमिकामा दे खिएका छन्। यसपटक उनी गाउँमा होइन, एउटा भव्य सहरमा देखिनेछन् किनभने यसपटक चुलबुलको सरुवा सहरमा भएको छ। स्थान  परिवर्तन भए पनि चुलबुलको स्वभावमा परिवर्तन आएको छैन। यसपटक चुलबुलको टक्कर सहरका खतरनाक खलनायकहरूसँग हेर्न पाइनेछ।  चलचित्रमा सोनु सूद, विनोद खन्ना, दीपक डोब्रियल आदि कलाकारले पनि अभिनय गरेका छन्। मलाईका अरोरा तथा करिना कपूर आइटम  डान्सरका रूपमा चलचित्रमा सहभागी छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :