उकेश दाहाललाई चलचित्र क्षेत्रकै सबैभन्दा सेक्सी निर्देशक भनिन्छ नि ?
उकेश दाहाललाई चलचित्र क्षेत्रकै सबैभन्दा सेक्सी निर्देशक भनिन्छ नि ?
मैले निर्देशन गरेका चलचित्रका आधारमा त्यस्तो भनिएको होला। व्यक्तिगत रूपमा म तपाईंले भन्नुभएजस्तो सेक्सी छैन।
तर चलचित्रमा सेक्सलाई नै प्राथमिकता दिनुहुन्छ नि ?
पहिलो चलचित्र 'पलपलमा' मा मैले समाजमा विद्यमान सेक्सको बजारलाई मुख्य विषय बनाएको थिएँ। दोस्रो चलचित्र 'किन-किन' मा पनि यौनिकता पस्कने प्रयास गरेको छु।
'किन-किन' मा सेक्स कन्टेन्टलाई कसरी समावेश गर्नुभएको छ ?
यो चलचित्रमा म मासिनको तन बूढो भए पनि मन बूढो हुँदैन भन्ने विषयवस्तुमा केन्दि्रत छु। 'पलपलमा' मा नायिकालाई टप टेस बनाइएको थियो भने 'किन-किन' मा नायकले नायिकाको न्यूड पेन्टिङ बनाएको प्रसंग समावेश छ।
न्यूड पेन्टिङको कन्सेप्ट कसरी आयो ?
विदेशमा चित्रकलाका लागि मोडलहरू न्यूड हुनु सामान्य मानिन्छ। नेपालमा त्यो टे्रन्डको थालनी भएको छैन। मैले पहिलो पटक चलचित्रका लागि न्यूड पेन्टिङ गराउने प्रयास गरेको छु।
न्यूड पेन्टिङ गर्ने दृश्यको छायांकन कत्तिको सहज थियो ?
नायिका अरुणिमा लामा उक्त दृश्य खिच्ने क्रममा निकै एक्साइडेट थिइन्। कलात्मक दृश्य भएकाले उक्त दृश्यको छायांकनका क्रममा नायक राजेश हमाल, नायिका लामा, छायांकार शिव ढकाल तथा म मात्र सहभागि भयौं। मलाई लाग्छ, दर्शकले यो चलचित्रमा एउटा नयाँ टेस्ट पाउनुहुनेछ।
तपाईंको प्रतिकृया