डिजे जोन

गृहपृष्ठ » » डिजे जोन » लेखहरु »

डिजे विपिएम

पूरा नाम विपिन नकर्मी, तर उनी डिजे बीपीएम नामले बढी परिचित छन्। २३ वर्षीय बीपीएम काठमाडौंका स्थायी बासिन्दा हुन्। एकपटक  ठमेलमा डिजेहरूको प्रस्तुति देखेपछि बीपीएमको मन त्यतातिर लागेको थियो। बीपीएम एक क्लबरका रूपमा पनि परिचित छन्। संघर्ष गरे अनुरूप अहिले आफ्ना प्रशंसकहरू बढेको बीपीएमको धारणा छ। बीपीएम इमेज एफएममा ट्रान्स म्युजिक फर साउल शीर्षकको कार्यक्रम  चलाउँछन्। यो अन्य संगीतभन्दा भिन्न संगीत हो, यसले अर्कै संसारमा लाने बीपीएम बताउँछन्।

बीपीएम प्रायःजसो प्रोगेसिङ र अपलिफ्टिङ म्युजिक बजाउँछन्। प्रत्येक साता आफ्ना श्रोतालाई यस्तै म्युजिक पस्किरहेका हुन्छन्। उनको डिजे इङ करियर सुरु भएको पाँच वर्ष लाग्दैछ। आफू डिजे अंकिटि्रक्स र डिजे क्रान्तिबाट प्रभावित भएको बीपीएमले बताए। डिजे अंकिट्रिक्स  भारतका नम्बर वन इलेक्ट्रोनिक डिजे हुन् भने डिजे क्रान्तिसँग थुप्रै इभेन्टमा बीपीएमले साथ पाएका छन्। अहिले उनी महिनाको दुई  शुक्रबारका लागि ठमेलको फ्याक्ट्री क्लबसँग आबद्ध छन्। भुटु, पार्टी नेपाल तथा युटर्नजस्ता इभेन्ट कम्पनीसँग पनि काम गर्दै आएका  बीपीएमले प्रत्येक महिना ठमेलकै अर्को क्लब इलेक्टि्रक पगोडामा टेक्नो टोनिक नामको इभेन्ट गर्ने गरेका छन्।

बीपीएमले थुप्रै फेस्टिभलमा ठूला गिग्सहरू गर्न भ्याएका छन्। राम्रो साउन्ड सिस्टमसँगै इभेन्टको अवस्था हेरेर आफू कार्यक्रममा सहभागी हुने  उनी बताउँछन्। एउटा इभेन्टको पारिश्रमिक १० हजार रुपैयाँभन्दा माथि लिने उनी बताउँछन्। जसले मानिसलाई नचाउन सक्छ उही नै  सफल डिजे हुने बीपीएम को धारणा छ। बीपीएमले भने- मानिसहरू डिजेइङका बारेमा जानकारी नै नभै आफूलाई डिजे भन्छन्। यदि डिजे  बन्नु नै छ भने यस विषयमा केही कोर्स गर्नुपर्ने बीपीएमको धारणा छ। डिजे बीपीएमलाई फेसबुक ठेगाना  www.facebook.com/djbpmnepal  मा भेट्न सकिन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :