केवल एक प्रश्न

गृहपृष्ठ » » केवल एक प्रश्न » लेखहरु »

आज हुने भनिएको महाप्रलयमा तपाईं मात्र बाँच्नुभयो भने के गर्नुहुन्छ ?

पहिलो कुरा त महाप्रलय हुँदै हुँदैन। म एक्लै बाँचे भने .....मरेका मानिसहरूले भूत बनेर नर्तसाऊन् भनेर भगवान्सँग प्रार्थना गर्थें, अनि अर्को  मुख्य कुरा, हे भगवान् कमसेकम एउटा पुरुष साथी पनि बचाइदिएको भए, फेरि सृष्टि चलाउन हुन्थ्यो भन्थें होला।

मञ्जु पौडेल, गायिका/कार्यक्रम सञ्चालिका

महाप्रलय ? म बाँचे भने, एकछिन है....म सोच्दैछु। म बाँचे भने मुभी 'सेभिङ प्राइभेट रायन' निर्माणको क्रममा मरे भनिएका २ सय ६ जना  एक्टर्स साँच्चै मरेका हुन् कि होइनन् भनेर अनुसन्धान गर्थें। डिस्टर्ब गर्ने कोही हुँदैन थिए नि त ....।

फुर्वा शेर्पा, निर्देशक/कार्यक्रम उत्पादक

म मात्र बाँचे भने कति मानिस मरेछन् भनेर गनेर बस्छु अनि त्यसको लाइभ रिपोर्टिङ स्वर्गमा भएका टेलिभिजन च्यानलहरूमा दिन्छु।

शिरोमणि दवाडी, हास्यकलाकार

म मात्र बाँचे भने त आत्महत्या गर्थें होला। के गर्नु एक्लै बाँचेर ? कोही बाँचेको छ कि भनेर खोज्न पो हिँड्थे कि ? हुन त सबै मरेपछि त  रजाइँ पनि गर्न पाइन्थ्यो होला नि।

सुसन दाहाल, आरजे

यस्तो कुरामा मलाई मजाक गर्न मन लाग्दैन। यो त दुःखलाग्दो कुरा हो। महाप्रलय हुने सम्भावना एकदमै कम छ तर पनि आफू मात्र बाँचियो  भने म त पागल नै हुन्छु होला।

डिजे शिशिर

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :