गसिप

गृहपृष्ठ » » गसिप » लेखहरु »

समुनाको आगमन

नेपाली चलचित्र क्षेत्रमा एउटी नयाँ नायिकाको उदय भएको छ- समुना केसीका रूपमा। पाटनमा जन्मिएकी समुनाले पुस १३ गते प्रदर्शनमा  आउने चलचित्र 'धन्दा' मार्फत डेब्यु गर्न लागेकी हुन्। भारतको एमएस युनिभर्सिटीबाट अभिनयमै स्नातक गरेपछि समुनाले करिब सात वर्ष  थिएटरमा काम गरिन्। दुई दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी समुनालाई 'धन्दा' का नायक अर्पण थापाले एउटा नाटकमा अभिनय गरे को देखेपछि चलचित्रका लागि प्रस्ताव राखेका थिए। यसअघि नै चलचित्र क्षेत्रमा आउने योजना बनाएकी समुना धन्दामा काम गर्न तयार  भएकै बेला 'वधशाला' मा निर्देशक मनोज पण्डितले पनि आफ्नो चलचित्रमा अभिनय गर्ने प्रस्ताव राखे। यी दुईवटा चलचित्रको प्रदर्शन मिति  तय भैसकेको अवस्थामा म अहिले निकै एक्साइटेड छु, साप्ताहिकसँगको एक भेटमा ५ फिट ४ इन्च अग्ली समुनाले यी दुवै चलचित्रमा पृथक् भूमिका निर्वाह गरेको स्पष्ट पारिन्। धन्दामा मैले गृहिणीको भूमिका निर्वाह गरेकी छु भने वधशालामा नेपाली समाजको प्रतिनिधि पात्रको  भूमिकामा छु, समुना भन्छिन्— 'यही पुसको दोस्रो सातादेखि छायांकन प्रारम्भ हुने एनबी महर्जनको चलचित्र 'तोरी लाहुरे' मा पनि म आवद्ध  भएकी छु।'

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :