एक्ज्युकेटिभ मोडल
५ फिट ८ इन्च अग्ला मोहन गजुरेल हालै सम्पन्न म्यानहन्ट-२०१२ का एक प्रतिस्पर्धी हुन्। यस अर्थमा उनी मोडलिङको क्षेत्रमा करियर बनाउने उद्देश्य लिएका एक प्रतिभाशाली युवक हुन्, तर उनको परिचय यतिमा मात्र सीमित छैन। पत्रकारितामा स्नातकोत्तर तह उत्तीर्ण गरेर केही कलेजमा प्राध्यापनसमेत गरिरहेका गजुरेलले थुप्रै सञ्चारगृहमा मार्केटिङ एक्ज्युकेटिभका रूपमा काम गरिसकेका छन्। मोहन मोडलिङलाई सौखका रूपमा लिन्छन्।
'मोडलिङ र चलचित्र क्षेत्रमा पढेलेखेका मानिस आउँदैनन् भन्ने कुरालाई गलत सावित गर्न पनि म यो क्षेत्रतर्फ आकषिर्त भएको हुँ,' मोहन भन्छन्— 'मिडिया मार्केटिङ मेरो करियर हो भने मोडलिङ सौख मात्र।' उनी मिडिया मार्केटिङ तथा सञ्चारक्षेत्रमा आफूलाई सक्रिय बनाउँदै मोडलिङमा पाएका अवसरहरूलाई पनि सदुपयोग गर्ने पक्षमा छन्। पुरुष मोडलहरूको प्रतियोगिता 'म्यानहन्ट' मा सहभागिता जनाएर मोडलिङ क्षेत्रका बारेमा पर्याप्त अनुभव हासिल गरेका मोहन भविष्यमा चलचित्रमा आउने सम्भावनालाई पनि नकार्दैनन्।
तपाईंको प्रतिकृया