फिल्मी खबर

गृहपृष्ठ » » फिल्मी खबर » लेखहरु »

अनसनमा चलचित्रकर्मी

राष्ट्रिय चलचित्र उद्योग बचाउ अभियानका लागि चलचित्रकर्मीहरू आमरण अनसनमा उत्रिएका छन्। गत सोमबारदेखि अनसनमा उत्रिएका  चलचित्रकर्मीलाई बुधबार सरकारले वार्तामा बोलाएको छ।सञ्चार मन्त्रालयका सह-सचिव नारायण प्रसाद सञ्जेल, उपसचिव कुमार खडका  तथा विकास बोर्डका सदस्य-सचिव धनराज ज्ञवालीको एक टोलीले आन्दोलनरत चलचित्रकर्मीलाई बुधवार बिहान भेटेर वार्ताका लागि बो लाएको हो। 'तपाईंहरूका सम्पूर्ण मागप्रति हामी सकारात्मक थियौं र छौं पनि, तर बिगि्रएको पछिल्लो राजनीतिले हामीले केही गर्न नसकेका  हौं। त्यसैले यसलाई वार्ताका रूपबाट अघि बढाएर आन्दोलन स्थगित गर्न हाम्रो अनुरोध छ,' सह-सचिव सञ्जेलले भने। आन्दोलनका सम्पूर्ण  डिजाइनलाई अघि बढाउन नीर शाहको नेतृत्वमा मंगलबार गठन गरिएको सचिवालयको नाम परिवर्तन गरी राष्ट्रिय चलचित्र संरक्षण मञ्च  राखिएको छ। मञ्चले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको छ। आमरण अनसनमा निर्देशक बिमल पौडेल, एमएस अग्रज तथा नायिका  मौसमी मल्ल संलग्न छन्।

धन्दा पनि एडल्ट

चलचित्र 'धन्दा' ले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ। गत मंगलबार सेन्सर बोर्डका सदस्यले चलचित्रका केही दृश्यमा आपत्ति  जनाउँदै १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न नपाउने प्रमाणपत्र दिएको गीतकार तथा निर्माता बाबुराम दाहाल बताउँछन्। आगामी पुस १३  गतेदेखि देशव्यापी प्रदर्शन हुने यो चलचित्रका निर्देशक सुदर्शन थापा हुन्। चलचित्रमा अर्पण थापा, समुना केसी, दिलभूषण पाठक, पुष्कर गुरु ङ, शुभेच्छा थापा, कमलमणि नेपाल आदिले अभिनय गरेका छन्।

कतारमा कलिउड

चलचित्र 'कलिउड' को युनिटले कतार पुगेर पत्रकार सम्मेलनमार्फत गीति-संग्रह सार्वजनिक गरेको छ। आगामी जनवरी ११ का दिनदेखि  कतारको दोहामा यो चलचित्रको प्रिमियर समेत गरिँदैछ। प्रिमियरका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकारसम्मेलनका क्रममा  चलचित्रको गीति-संग्रह सार्वजनिक गरिएको हो। उक्त पत्रकार सम्मेलनमा निर्देशक नवराज आचार्य सहभागी भएका थिए।

'कलिउड' मा प्रदीप  बास्तोलाको संगीत निर्देशन छ।

कलाकार संघको पिकनिक

चलचित्र कलाकार संघले भोलि शनिबार बृहत् पिकनिक कार्यक्रमको आयोजना गर्दैछ। संघका अध्यक्ष नवल खड्काका अनुसार गोदावरीमा  आयोजना गरिने पिकनिक कार्यक्रममा करिब २ सय कलाकार सहभागी हुनेछन्। संघले यसअघि पनि पिकनिक कार्यक्रमको आयोजना गर्दै  आएको छ।

दुई निर्देशकको एक चलचित्र

नेपाली चलचित्र क्षेत्रमा नयाँ-नयाँ प्रयोग हुने क्रम जारी छ। यतिबेला एउटा चलचित्र 'रोमान्स' निर्माण भैरहेको छ जसलाई दुई जना निर्देशकले निर्देशन गरेका छन्। बीबी फुयाँल तथा एलएन गौतमले संयुक्त रूपमा निर्देशन गरिरहेको यो चलचित्र अहिले सम्पादनको क्रममा छ।  वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरू कसरी रोमान्सतर्फ आकषिर्त भैरहेका छन् भन्ने कथामा आधारित यो चलचित्रमा विशाल  पोखरेल, स्मिता थपलिया, सुरेश चौधरी, समान्त आचार्य, आरबीके निर्दोष, आदित्य त्रिपाठी, आकाश श्रेष्ठ आदि कलाकारले अभिनय गरेका  छन्। चलचित्र फागुनको अन्तिम सातातिर प्रदर्शनमा आउनेछ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :