गुगलबाट अब ट्राफिक जामसम्बन्धी जानकारी
अब गुगलको मद्दतले सहरको कुन स्थानमा ट्राफिकको अवस्था कस्तो छ भन्ने थाहा पाउन सकिनेछ। गुगलको सर्च इन्जिनमा लेटेस्ट ट्राफिक अवस्थाका सम्बन्धमा जानकारी उपलब्ध गराइने भएको छ। गुगलले अहिलेलाई यो सेवाको प्रारम्भ सिंगापुरबाट गर्दैछ। भारत, चीन आदि एसियाली मुलुकका ठूला सहरमा पनि यो सेवा छिट्टै सुरु हुने बताइन्छ।
व्यस्त जीवनका लागि अत्यन्त्यै समस्याको विषय बनेको ट्राफिक जामको समस्या थाहा पाउन गुगलका तर्फबाट प्रत्येक सहरका गाडीहरूमा एउटा मेसिन लगाइनेछ। त्यसैका आधारमा जाम सम्बन्धमा जानकारी प्राप्त हुनेछ। भारतमा मात्र १० करोडले गुगल सर्च गर्छन् भने सिंगापुरमा ४ लाखले गुगल सर्च गर्छन्।
गुगल प्लसको प्रोग्रामबाट अब एकसाथ नौ जनाले भिडियो कुराकानी गर्न सक्ने सुविधाको पनि विकास भएको छ। यो सुविधाले शिक्षण संस्था एवं व्यवसायीहरूलाइ निकै फाइदा हुने गुगलको विश्वास छ।
तपाईंको प्रतिकृया