फ्रन्टपेज

गृहपृष्ठ » » फ्रन्टपेज » लेखहरु »

भुवनका पछाडि जिया

सदाबहार भुवन केसीका फ्यान यति छन् कि उनले 'आई लभ भुवन केसी' सुन्न खासै मेहनत गर्नु पर्दैन। त्यसै पनि प्रशंसक युवतीहरूका  कारण बेला-बेलामा चर्चामा आइरहने भुवन केसी युवतीहरूसँगको अन्तरंग सम्बन्धका कारण पनि बेला-बेलामा समाचार बनिरहन्छन्। यो  साता पुनः एकपटक भुवन केसी समाचारमा छाएका छन्। यसपटक पनि उनलाई पुरानै छविले चर्चामा ल्याएको छ। यति बेला भने भुवन  आफैंभन्दा पनि उनीसँग सम्बन्ध स्थापित गर्न चाहने चलचित्र क्षेत्रकै एक युवतीका कारण चर्चामा आएका हुन्।

प्रसंग हो नायिका जिया केसी र भुवन केसीको पछिल्लो सम्बन्धको। कुनै बेला निर्देशक दीपक श्रेष्ठसँग नाम जोडिएकी नायिका जिया केसीले  अहिले आफूलाई भुवन केसीकी गर्लफ्रेन्डका रूपमा सार्वजनिक गरेपछि उनीहरूको सम्बन्धले बजार तातेको हो। जिया तीनै युवती हुन्  जसलाई चलचित्र 'एटिएम' ले चर्चामा ल्याएको थियो। निर्माण पक्षले नायकले अनस्क्रिन नै उनका स्तन समातेको दृश्य चलचित्रमा समावेश  गर्न चाहेपछि उनी चर्चामा आएकी थिइन्।

भुवन र जियाको भेट भएको धेरै भैसकेको छ। जिया चलचित्र क्षेत्रमा आएदेखि नै उनलाई भुवनले चिनेका थिए, तर यही वर्षको प्रारम्भमा  चलचित्र 'एटिएम' को छायांकनदेखि उनीहरू नजिएको बताइन्छ। एटिएममा भुवन केसीले अभिनय गरेका छैनन् तर पनि जियालाई भेट्न भुवन  छायांकनस्थलमा पुगिरहन्थे। छायांकन सकिएपछि भुवन र जिया भुवनकै कारमा बसेर अज्ञातस्थलतर्फ जान्थे भन्नेहरू पनि छन्। पछिल्ला  अधिकांश साँझ उनीहरूले दरबारमार्गका विभिन्न क्याफेमा बिताएका छन् भने डिनरका लागि दरबारमार्गस्थित गायक निशान भट्टराईको गजल  रेस्टुराँ उनीहरूको गन्तव्य बन्दै आएको बताइन्छ।  

जे होस्, भुवन र जिया करिब ६ महिनादेखि असल साथी (?) बनेका चलचित्रकर्मीहरूलाई जानकारी छ। उनीहरू कतिसम्म नजिकिएका छन्  भने अधिकांश सार्वजनिक समारोहमा उनीहरू सँगै देखिन्छन्। अघिल्लो साता चुच्चेपाटीमा सिटिभी मोबाइलको नयाँ शोरुमको उद्घाटन  समारोहमा समेत उनीहरू साथै देखिएका थिए। उक्त समारोहमा अन्य सेलिब्रेटीहरूसँगै उनीहरूले करिब दुई घण्टा सँगै बिताए। संयोग नै  हुनुपर्छ, समारोहमा दुवै जना कालो रंगको पहिरनमा प्रस्तुत भएका थिए। त्यसो त त्यसअघि र पछि पनि उनीहरू थुप्रै सार्वजनिक समारोहमा  सँगै देखिएका छन्। केही प्रतियोगितात्मक कार्यक्रमहरूमा उनीहरू दुवै अतिथि तथा निणर्ायकका रूपमा समेत सहभागी भैसकेका छन्।

बजारमा चलेको हल्ला पत्याउने हो भने भुवन र जिया अचेल साँझ पर्नेबित्तिकै जाडो भगाउने बहानामा दरबारमार्गका विभिन्न क्याफे चहाछर् न्। भुवनले जियालाई डेटिङमा मात्र सीमित राख्न चाहेका छैनन्। श्रीमती नभएको सुनसान घरमा जियालाई चाँडै नै बेहुली बनाएर भित्र्याउने  भुवनको योजना छ भन्नेहरू पनि उत्तिकै छन्। जियाले पनि भुवनको घर सुनसान भएको तथा भुवन एक्लो भएकाले उनलाई साथ दिन चाहे को बताइन्छ।

बजारमा चलेको हल्ला यदि सही सावित भयो भने झापाकी स्थायी बासिन्दा जिया भुवनकी तेस्री श्रीमती हुनेछिन्।

के भन्छन् भुवन केसी ?

केही सञ्चारमाध्यममा भुवन र जियाले विवाह नै गर्ने आशयका समाचार प्रकाशित भएपछि साप्ताहिकले दुवै जनासँग प्रतिक्रिया लिएर  उनीहरूको सम्बन्धको वास्तविकता जान्ने प्रयास गरेको थियो। बुधबार बिहान साप्ताहिकसँग कुराकानी गर्दै भुवन केसीले जिया केसीलाई  एउटी साथी तथा प्रतिभाशाली नायिकाका रूपमा मात्र हेरेको धारणा व्यक्त गरे। 'बजारमा चलेका हल्लाहरूका बारेमा मलाई केही थाहा छैन,'  भुवनले भने-

'जियाले मसँग प्रेम गर्ने, विवाह गर्ने भन्ने आशयका समाचारहरू मैले पनि पढेँ। त्यो कुराको सत्यताका सम्बन्धमा त जियासँगै  सोध्दा राम्रो हुन्छ। मैले त उनलाई केवल एउटा असल साथीका रूपमा मात्र हेरेको छु।' 'जिया मेरी असल साथी हुन्। मैले उनलाई पहिलेदेखि  नै चिनेको हो। उनी राम्री छिन्। उनको र मेरो सम्बन्ध पहिलेदेखि नै राम्रो छ। म उनको भलो चिताउने शुभचिन्तक अर्थात् वेलविसर हुँ।  जियालाई मैले साथीभन्दा माथि राखेर हेरेको छैन।' जियाले त तपाईंसँग प्रेम गरिरहेको, विवाह नै गर्ने योजना बनाएको बताउँदै छिन् नि ?  भन्ने जिज्ञासमा भुवनको जवाफ थियो— 'भविष्यका बारेमा त म पनि केही भन्न सक्दिनँ, किनभने भविष्य कसैले देखेको छैन। भविष्यमा जे  पनि हुनसक्छ तर मलाई जियाले अहिलेसम्म प्रेम र विवाहका बारेमा केही भनेकी छैनन्। जुन दिन उनले त्यस्तो प्रस्ताव राख्लिन्, म त्यसै दिन  केही जवाफ दिउँला।' भुवनले जियासँग विवाह हुन सक्छ कि सक्दैन भन्ने विषयमा भने केही बोल्न चाहेनन्। उनले भने— 'भविष्यको कुरा  अहिले नगर्दै बेस होला।'

यसो भन्छिन् जिया ?

यही प्रसंगमा साप्ताहिकले बुधवार बिहान नायिका जिया केसीसँग पनि प्रतिक्रिया लिएको छ। साप्ताहिकको जिज्ञासामा जियाले भनिन्— 'हाम्रो  पहिलो भेट एक जना निर्माताको छोराको पास्नीको पार्टीमा भएको हो। त्यसपछि हामी साथी बनेका हौं। म भुवन केसीको परिवारका सदस्यहरूसँग पनि नजिक छु। उहाँका आमा र भाइ-बुहारीसँग राम्रो सम्बन्ध छ। करिब एक महिनाअघि उहाँको घरमै भएको पारिवारिक जमघटमा म  पनि सहभागी थिएँ।  स्टाइलिस्ट, हेन्डसम र स्मार्ट सेलिब्रेटी भएर पनि उहाँ यो एक्लो हुनुहुन्छ। त्यसैले मलाई उहाँको एकदमै माया लागेर  आउँछ। मनै त हो, ७० वर्षको पाको व्यक्तिसँग पनि त प्रेम अथवा विवाह हुनसक्छ। यद्यपि मैले उहाँसँग विवाह गर्ने विषयमा केही सोचेकी  छैन। हामी प्रेमको बाटोमा पनि अघि बढेका छैनौं। हामी असल मित्र मात्र हौं। भविष्य कसले देखेको छ र ? त्यस्तो दिन पनि नआउला भन्न  सकिँदैन। सत्य कति मात्र हो भने- मलाई उहाँ एकदमै मन पर्नुहुन्छ। आई लभ भुवन ! मन पराउन त पाइन्छ नि, हैन ?

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

कृष्ण भट्टराई/सुव्रत आचार्यद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :