ऐतिहासिक तस्बिर
नेपालको फुटबल क्षेत्रले विदेशमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक ठुलो सफलता हात पारेको भनेकै सन् १९९३ मा बंगलादेशको राजधानी ढाकाले आयोजना गरेको छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हो। उक्त प्रतियोगितामा नेपालले फुटबलमा स्वर्ण पदक मात्र जितेन, उक्त पदक प्रतियोगितामै नेपालले पाएको एक मात्र स्वर्ण पदक पनि थियो। उक्त सफलता पछि फुटबल टिमलाई जिपमा राखेर नगर परिक्रमा गराइएको थियो।
तस्विर सौजन्यः नेपाल ओलम्पिक संग्रहालय
तपाईंको प्रतिकृया