यौन जिज्ञासा र समाधान

गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु »

यसमा र कन्डम लगाएको केसमा एचआईभी सर्ने कत्तिको सम्भावना हुन्छ ?

म २६ वर्षीय अविवाहित पुरुष हुँ। एक वर्षअघि एक जना यौनकर्मीसित मेरो सम्बन्ध भयो। फेरि केही दिनअघि अर्की यौनकर्मीसित सम्बन्ध  भयो। ती दुवै सम्बन्ध कन्डम लगाएर भएको हो। साथै मेरी अर्की यौनसाथी छिन् जोसित बिनाकन्डम पनि सम्पर्क हुन्छ। यसमा र कन्डम  लगाएको केसमा एचआईभी सर्ने कत्तिको सम्भावना हुन्छ ?

२०५३

यौन क्रियाकलाप र एचआईभी सर्ने जोखिम

तपाईंको प्रश्नको सीधा जवाफ दिनुभन्दा पहिले यौन क्रियाकलाप र एचआईभी सर्ने जोखिमका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्कबाट  एचआईभी सर्ने कुरा त धेरैलाई थाहा भएकै हो। विभिन्न यौन क्रियाकलापअनुसार एचआईभी सर्ने जोखिम पनि फरक-फरक हुन्छ। सामान्यतः  यस्तो जोखिम विशेष गरी हाम्रो शरीरबाट निस्कने तरल वस्तुको प्रकार र त्यसको सम्पर्कमा कत्तिको आइन्छ भन्ने

आधारमा गरिन्छ।

तरल पदार्थ एक-अर्काको सम्पर्कमा नआउने किसिमको क्रियाकलापमा एचआईभी सर्ने सम्भावना हुँदैन, त्यसैले त्यसलाई जोखिम नभएको (No Risk) मानिन्छ। सुख्खा चुम्बन, अन्य कुनै चिल्लो पदार्थ प्रयोग गरेर साथीले गरिदिएको हस्तमैथुन वा स्वस्थ छालामा दिशा वा पिसाबको  सम्पर्क यसका उदाहरण हुन्। अर्कोथरी जसमा सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै  घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical Risk) भनिन्छ। थूकको सम्पर्क हुने गरी गरिने चुम्बन, कन्डम  लगाएर गरिएको मुखमैथुन, औंला यौन अङ्गमा पसाउनु, यौन अङ्गबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन  यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई  कम जोखिम पूर्ण (Low Risk) भनिन्छ। कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाई गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण  हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने र धेरैलाई सर्ने देखिएको यौन क्रियाकलापलाई धेरै जोखिमपूर्ण (High Risk) भनिन्छ। कन्डम  नलगाई गरिएका योनि तथा गुदा मैथुन यसका उदाहरण हुन्। यी जानकारीका आधारमा तपाईंले पक्कै पनि आफ्नो क्रियाकलापलाई कत्तिको  जोखिममा पर्दो रहेछ भन्ने कुरा थाहा पाइसक्नुभयो होला।

यौनकर्मी वा यौनसाथीसँगको यौनसम्बन्ध र एचआईभीको जोखिम

स्पष्ट पार्नुभएको छैन, यौनकर्मी पुरुष पनि हुनसक्छन् तर यहाँ तपाईंले भन्नुभएको यौनकर्मी महिला नै हुन् भन्ने मानेका छौं। यौनकर्मीसँग  यौनसम्पर्क गर्दा एचआईभीलगायत विभिन्न यौनरोगको संक्रमणको सम्भावना बढी हुने कुरा त सुन्नुभएकै कुरा हो। कन्डम लगाउनुभएको  कुराले पक्कै त्यसलाई सुरक्षित बनाएको हुन्छ।

मुख्य रूपमा यौनसम्पर्क वा अन्य यौन क्रियाकलाप गर्दा योनिबाट निस्किएका रस तपाईंको शरीरको भित्री छाला अर्थात श्लेष्म झिल्ली को सम्पर्कमा आएको छ कि छैन वा तपाईंको अङ्ग (जस्तै कि हात, मुख वा लिङ्गमा) अन्य कुनै खुला चोटपटक वा घाउ  थियो कि थिएन भन्ने कुरा महत्वपूर्ण हुन्छ।

त्यसैगरी यौन साथीको सन्दर्भमा तपाईंको कस्तो किसिमको सम्बन्ध हो भनेर खासै जानकारी दिनुभएको छैन। प्रेमिका भनेर स्पष्ट पनि  पार्नुभएको छैन। तपाईंको अन्य व्यक्तिसँग यौन सम्बन्ध भएझैं उहाँको पनि सम्बन्ध हुने सम्भावना त छ नै, यस्तो स्थितिमा तपाईंमा यदि  संक्रमण छ भने उहाँमा र उहाँमा संक्रमण छ भने तपाईंमा सर्ने सम्भावना त भयो नै, किनभने तपाईंले कन्डमको नियमित प्रयोग गर्नुभएको  देखिँदैन।



मैले होटलमा काम गर्ने युवतीसँग बिनाकन्डम सम्पर्क गरें। मलाई डर लागेको छ, ती युवतीमा एचआईभी भए मलाई पनि हुने सम्भावना  कत्तिको छ ? एचआईभीको लक्षण के होला ? मैले उनलाई भेटेको दुई

महिनाजति भयो। भर्खरै रगत परीक्षण गराएँ, नेगेटिभ नै छ। अहिले मेरो  एउटा आँखा पनि पाकेको छ। त्यसकारण मलाई डर लागिरहेको छ, कतै एड्सकै कारणले त होइन ?

९५०५

होटलमा काम गर्ने युवतीसँगको सम्पर्क

होटलमा काम गर्ने युवती भनेर के भन्न खोज्नुभएको हो, थाहा भएन। अन्य कार्यालय, बैंकमा जस्तै होटलमा पनि महिलाहरूले काम गर्नु हुन्छ।  होटलमा काम गर्ने सबै महिला यौनकर्मी हुन् भन्ने सोच छ भने त्यो सरासर गलत हुन्छ। यौनकर्मी नभए पनि कसैमा एचआईभी हुनसक्छ  भने यौन पेसामा लागेका महिला एचआईभी संक्रमित नहुन सक्छन्। यस्तो स्थितिमा सर्ने कुरा भएन, तर कुन व्यक्ति संक्रमित छ र को छैन  भन्न गाह्रो छ। एकपटकको यौनसम्पर्क नै एचआईभी सर्नका लागि पर्याप्त हुन सक्छ, तर यहाँ जति धेरै व्यक्तिसँग असुरक्षित यौनसम्पर्क भयो  सम्भावना त्यति नै बढी हुन्छ। यौन क्रियाकलापअनुसार सर्ने जोखिमका बारेमा माथि नै पढ्नु भयो होला।

तपाईंले आफूलाई एचआईभी संक्रमण भए-नभएको थाहा पाउन रगतको परीक्षण गराउनुपर्छ। चिकित्सा विज्ञानमा कतिपय स्थितिमा  गणितजस्तो ठयाक्कै यस्तो हो भन्न सकिने अवस्था नरहन सक्छ। स्वेच्छिक एचआईभी/एड्स परामर्श तथा परीक्षणसम्बन्धी नेपालको राष्ट्रिय  निर्देशिकाले HIV Rapid Test गर्दा एकसाथ दुई फरक परीक्षणहरू गर्नुपर्ने कुरा उल्लेख छ। यदि ती दुवै परीक्षणबाट नकारात्मक नतिजा  आए उक्त व्यक्तिमा एचआईभी नभएको भनिन्छ। ती दुईमध्ये एकमा नकारात्मक र अर्कोमा सकारात्मक भए अर्को परीक्षण (Tie Breaker Test) ELISA वा अर्को विधिबाट गरेर नकारात्मक भए एचआईभी नभएको र सकारात्मक भए एचआईभी भएको भनिन्छ। यो व्यक्ति-व्यक्तिमा  फरक पर्ने भए पनि यस्तै तीन महिनापछि भने एचआईभी भए-नभएको रक्त परिक्षण गराइन्छ। कुनै व्यक्तिलाई एचआईभी संक्रमण भए केही  समयपछि नै यौनसम्पर्क भए अर्को व्यक्तिलाई सर्न सक्छ। रगतमा एचआईभीको प्रतिजैविकी देखिन भन्दा पहिले नै यो  रोग सर्न सक्छ।

सामान्यतः एचआईभी शरीरमा भए पनि लक्षणहरू देखिँदैनन्। तपाईको आँखा पाक्नुको अर्कै कारण हुन सक्छ। नेत्र विशेषज्ञलाई देखाउनुहोला।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :