जोकिङ जक्सन लेख्छ
जोकिङ जक्सन लेख्छ
केटीको स्टाटस फेसबुकमा
'म आज धेरै दुःखी छु...'
कमेन्टहरू १) के भयो तिमीलाई.... ? २) हाय ! सबै ठीक त छ नि ! ३) म कल गरुँ ? ४) चिन्ता नगर ! दुःखी हुनुपर्दैन, के नै भएको छ र ?? ५) सबै ठीक हुन्छ बेबी ! आत्तिनु पर्दैन।
अब केटाको स्टाटस फेसबुकमा
'म एकदम दुःखी छु'
कमेन्टहरू १) रोइ राख साले जिन्दगीभर..२) के भयो कुकुर ! गधा ! ३) दुःखी आत्मा साले ! ४) तेरो जिन्दगी त बर्बाद नै रहेछ त कुकुर ! ५) अनि चुप लाग न त, फेसबुकमा किन मुन्टो जोत्दै छस त ?
०००
कालिदासको भाई जुत्ता बेचेर 'एडिदास' भो,
म मोरो केटीको चक्करमा 'देवदास' भए,
कोही फलाम बेचेर 'टाटा' भए,
कोही चप्पल बेचेर 'बाटा' भए
म खुरापाती भनें
'लाटा' ले 'पापा' हेरे झैं भएँ.....
०००
मिस नेपाल छनौटका लागि धुर्मुसेलगायत अरू दुई जना जज रहेछन्। प्रतियोगिता सुरु भयो, प्रतिस्पधर्ाी सुन्दरीहरूले आफ्नो सौन्दर्य प्रस्तुत गरे। अरू दुई जना जज भनें धमाधम नम्बर लेख्दै थिए, तर धुर्मुसे भने जुन सुन्दरी आए पनि थुक्क भन्दै बसिरहयो। त्यो देखेर दुई जजले धुर्मुसेसँग प्रश्न गरे, हैन हो धुर्मुसजी ! यति राम्रा सुन्दरीहरूले आफ्नो सौन्दर्य प्रस्तुत गरेका छन्। तपाई भनें थुक्क भन्दै बस्नुहुन्छ के उनीहरू राम्रा छैनन र ? अनि फेरि कुन आधारमा नतिजा निकाल्ने ?
धुर्मुसेः कुरा त्यस्तो होइन्, हजुर मेरो तर्फबाट सबै पास, सबैलाई १०० मा १०० नम्बर छ।
दुई जजः अनि किन थुकेको त ?
धुर्मुसेः ए त्यो त मेरो बूढीलाई थुकेको नि ?
०००
अचम्म छ बा...
२० रुपैयाँको नोट धेरै लाग्छ जब हामी कुनै गरिबलाई दिन लाग्छौं, तर होटलमा त्यही टिप्स दिन धेरै कम लाग्छ।
३ मिनेटका लागि भगवानको नाम लिन मुस्किल हुन्छ, तर ३ घन्टाको चलचित्र हेर्न सजिलो लाग्छ।
पूरा दिन काम गरेर जिम जान कत्ति थकाई लाग्दैन, तर आमा-बाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ।
भ्यालेन्टाइन डेका लागि हामी पूरा वर्ष कुर्छौं, तर मदर्स डे कहिले आउँछ अनि जान्छ पत्तो हुन्न।
फलानो ढिस्कानो नेताले यसो उसो गर्यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाविसमा भैरहेको भ्रष्टाचारविरुद्ध बोल्न अफ्ठेरो।
फोहोरको डङ्गुर नजिकबाट हिँड्दा मानिसलाई सराप्न जोश आउँछ, तर एउटै भए पनि मिल्किएको कागज टिप्न लाज लाग्छ।
फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरूलाई गाली गर्दा चड्कन हान्दा ताली पिट्न आनन्द लाग्छ। अचम्मै छ नि...
०००
अहिलेको आधुनिक र फेसनेबल समयमा युवतीहरूको पहिलो नजरमा पर्ने युवकहरू यस्ता हुनसक्छन्।
१) ड्राईभर भए तीब्र गतिमा हाँकोस्।
२) दिदी-बहिनीको चोरेर भए पनि कानमा मुन्द्रा लगाएको होस्।
३) सस्तो भए पनि टाउकोमा चश्मा होस्।
४) अनेक किसिमले काटिएको कपालमा रंग भरिएको होस्।
५) चुरोट गाँजा पिएर सधैं झ्याप होस्।
६) पाइन्ट दुलो परेको र झोले होस सफा त नभए पनि हुन्छ।
७) घरमा छाक टार्न धौ-धौ भए पनि धनको रवाफ दिने होस्।
८) मुबाइल र बाइक होस्।
९) अनपढ भए पनि फरक पर्दैन तर ट्यापे पक्का हुनुपर्छ।
यति गरेपछि केटी फकाउन गाह्रो नपर्ला....।
तपाईंको प्रतिकृया