फेसन

गृहपृष्ठ » » फेसन » लेखहरु »

जाडोमा ज्याकेट

पहिरनको उपयोगिता शरीरलाई घाम, पानी, तातो, चिसोबाट जोगाउने परिधिमा मात्र सीमित नभै व्यक्तिको व्यक्तित्वलाई सुन्दर, आकर्षक,  फेसनेबल र स्टाइलिस रूपमा प्रस्तुत गर्ने उद्देश्यमा रूपान्तरित भएको पाइन्छ। यसैको उपज मौसम परिवर्तनसँगै पहिरन शैलीमा देखिने  परिवर्तनले शरीरलाई न्यानोपन वा शीतलता प्रदान गर्ने शैलीहरूमा मात्र नभै तिनको रूप-रंग, डिजाइन, आकर्षण र स्टाइलले पनि उत्तिकै  महत्त्व र उपयोगिता राखेको देखिन्छ। यसमा जाडोको न्यानो शैलीमध्येको एक ज्याकेटको स्वरूप पनि अछुतो छैन।

यस पटकको जाडोमा महिलाहरूलाई चिक, फेमिनिन र ओरिजिनल स्टाइलका ज्याकेटहरूमा देख्न सकिनेछ। जसमा डिजाइनरहरूले गरेको  विभिन्न रंग रूप, आकार-प्रकार र विभिन्न टेक्सटाइल फ्याब्रिकहरूको कम्बिनेसनको प्रयोग अनुभव गर्न सकिनेछ। यो जाडो मौसममा  महिलाहरूको स्टाइलका रूपमा सर्ट तथा मिडियम लेन्थ देखि फिटेड स्टाइलका स्ट्रेट एवं स्पोर्टी मोडलका ज्याकेटहरू हुनेछन्। यसैगरी डाउन  ज्याकेट र सिपस्कीन स्टाइल पनि उत्तिकै लोकप्रिय रहनेछन्। इलङगेटेड इन्सुलेटेड ज्याकेटका रूपमा ए पार्का मोडलको ज्याकेट पनि जाडोको  प्रिय साथी हुनेछ। यसमा हुडसहितको स्टाइलिस शैली अझ बढी लोकप्रिय हुनेछ। यो मोडलमा एसिमिटि्रकल बाइकर बक्कलको प्रयोग पनि  उत्तिकै हुनेछ।

एलिगेन्ट र रोमान्टिक सिलहुट्स संरचना गर्ने सर्ट स्लिभ तर लामो लेन्थको ज्याकेटले पनि यो जाडोमा महिलाहरूलाई आकषिर्त गर्नेछ। सर्ट  स्लिभ भएका यी ज्याकेटमा फेसनेबल लङ ग्लोभ्सहरू पर्फेक्ट कम्बीनेसनका रूपमा रहनेछ। भोल्युम यो पटक विन्टर ज्याकेट फेसन ट्रेन्डको  अर्को उल्लेखनीय पक्ष हुनेछ। फ्लफी फर, डेन्स फ्याब्रिक र फ्लफ फिलरको सहायताबाट महिलाहरूको ज्याकेटमा जियोमेटि्रक वा आवर  ग्लासको फेमिनेन् सिलउट्स प्राप्त भएको अनुभव गर्न सकिनेछ।

फर ज्याकेटहरू पनि उत्तिकै लोकप्रिय हुनेछ। यो शैली प्रायः सबै डिजाइनरको विन्टर कलेक्सनमा समावेश हुने गरेको पाइन्छ। यी ज्याकेटमा  विविध लेन्थ, नेचुरल र आर्टिफिसियल मल्टी कलर्स, एनिमलास्टिक तथा जियोमेटि्रक प्रिन्ट्स भएका स्मूथ तथा फ्लफी फरको प्रयोग भएको  पाइन्छ। फर लाइन्ड भएका विन्टर ज्याकेट पनि सान्दर्भिक मानिन्छन्। क्विल्टेड वा स्मूथ फ्याब्रिकबाट बनेका पातलो तथा बाक्लो महिलाहरू को डाउन प्याडेड कोट पनि जाडो यामका लागि उक्तिकै फेसनबल अनुभव हुन्छ। फरबाट बनेका ठूल्ठूला स्ट्रक्चरल डिटेल भएका ज्याकेटहरू  पनि लोकप्रिय ट्रेन्डका रुपमा विकसित हुने देखिन्छ। कम्बाइन्ड मोडलहरूमा भने फर, ज्याकेट एन्ड कोट फ्याब्रिकको कम्बिनेसनका साथै  म्याटे वा भार्निस्ड लेदरको प्रयोगलाई पनि प्राथमिकता दिइएको देख्न पाइन्छ। ज्याकेटका अनेकन् रूपरंगमध्ये शर्टन्ड सिप स्कीनको उपस्थितिले  नयाँ स्वाद थप्नेछ।

यसपटकको ज्याकेट स्टाइलिङमा पपुलर ज्याकेट फ्याब्रिकहरमा स्कीन, फ्लफी एन्ड स्मुथ फर, कोट, ज्याकेट एन्ड टेक्स्चर्ड मटेरियलका साथै  क्रोचेटेड तथा निटेड फ्याब्रिक पर्छन्। ज्याकेटमा फर तथा लेदर टि्रम मौसमअनुरूप सान्दर्भिक देखिन्छ। ज्याकेटको कोलरमा फर डेकोर र  बक्कलले विशेष आकर्षण थप्छ। कलर रेन्जको कुरा गर्दा कालो रंग बढी लोकप्रिय देखिन्छ। मेटालिक लस्टर भएका विविध कलरका फ्याब्रिक,  जियोमेटि्रक, एनिमलिस्टिक र एब्सट्राक्ट प्रिन्ट्स, व्हाइटलगायत बर्गन्डी, एमराल्ड ग्रीन, ओलाइभ र मस्टर्डजस्ता सिजनका ट्रेन्डी कलरहरू पनि  ज्याकेट फेसनमा उत्तिकै लोकप्रिय रहेको पाइन्छ।

फेसनविद्हरूका अनुसार यस पटकको जाडोमा पुरुषहरूको ज्याकेटको स्टाइल वास्तवमै युनिभर्सल थिङ हुने देखिन्छ। यो सिजनमा ओरिजनल  तर युनिक स्टाइलका ज्याकेटले महत्वपूर्ण स्थान ओगट्नेछ। यो नयाँ सिजनमा ज्याकेट रेन्जमा पार्काज्, स्पोर्ट्स, स्टे्रट डबल ब्रिस्टेड र सिंगल  ब्रिस्टेड मोडलको आकर्षण रहने बताइएको छ, तर ट्रेन्डी लुकमा भने बेस्ट लेन्थ वा बेस्ट लेन्थभन्दा थोरै तलसम्मको लेन्थको ज्याकेटले धुम  मच्चाउने देखिन्छ। डिजाइनरहरूले डाउन प्याडेड कोट, सिपस्किन कोट, फर तथा अन्य विविध फ्याब्रिकबाट बनेका ज्याकेटलाई फेसन  बजारमा ल्याएको पाइन्छ। यीनमा एसेमेटि्रकल बाइकर बक्कलको बेग्लै आकर्षण छ। पुरुषहरूको ज्याकेटको केही मोडलमा फरलाई बेस मटे रियल तथा लाइनिङ पनि प्रयोग गरिएको पाइन्छ। फर कुनै पनि प्रकारको हुन सक्छ तर फ्लफीको माग भने बढी रहेको पाइन्छ। लाइनिङका  लागि भने फरक फरक लेन्थ तथा कलरका फर प्रयोग भएको देखिन्छ। रिमुवेबल फर लाइनिङले ज्याकेटलाई जाडोका लागि युनिभर्सल मो डलमा परिणत गरेको पाइन्छ।

न्यू सिजन ज्याकेटमा भने स्ट्यान्डर्ड तथा अनयुजिइल स्टाइल, ब्याग्गी र फिटेड लुक देख्न सकिन्छ। यीनमा स्मूथ वा क्विल्टेड सरफेसको  प्रयोग पनि पाइन्छ। पुरुषहरूको ज्याकेटमा प्रयोग गरिएका फेसनेबल फ्याब्रिकमा फर, लेदर र जिन्सदेखि सुड, जर्सीजस्ता टेक्स्चर्ड मटेरियल  पनि प्रयोगमा देखिन्छ। कैयन् कलेक्सनमा भने फरक-फरक टेक्स्चर भएका कम्पोजिट मटेरियलबाट बनेका ज्याकेटहरू उत्तिकै लोकप्रिय छन्।

फर कोलर तथा हुड ट्रिम्ड विथ फर फेसनमा रहेको पाइन्छ। ज्याकेटमा मेट र ग्लसी लुक दुवै फेसनमा छन्। मेल विन्टर ज्याकेटमा नेचुरल  एन्ड आर्टिफिसियल कलरिङ फेसनमा देखिन्छ। कलर रेन्ज भने ब्ल्याक र ब्राउनमा मात्र सीमित देखिंदैन। ग्रे, बेज, मस्टर्ड र ब्लू, बर्गन्डी,  एमराल्ड ग्रीन र ग्रीन कलरका कैयन् शेड्स पनि उत्तिकै चल्तीमा छन्। प्रिन्टहरूमा भने चेक्ड र स्ट्राइप्ड ज्याकेट पनि उत्तिकै फेसनमा रहेको  देखिन्छ। केहीमा भने जियोमेटि्रक प्रिन्ट पनि देख्न पाइन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

रोजिन शाक्यद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :