मिस मंगोल कलिङ
मंगोल समुदायको जातियता, मौलिक परिचय एवं सांस्कृतिक विविधता, समुदायका युवतीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासमा केन्दि्रत सुन्दरता तथा प्रतिभा मापनको प्रतियोगितात्मक कार्यक्रम 'मिस मंगोल' को पाँचौं संस्करणको तयारी प्रारम्भ भएको छ। एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा संचालन हुँदै आएको यो प्रतियोगिताको यस पटकको संस्करणको अन्तिम प्रतियोगिता आगामी फागुन २६ गते राजधानीको कमलादीस्थित प्रज्ञाभवनको डबलीमा संचालन हुने बताइएको छ। प्रतियोगितामा सहभागी हुन मंगोल समुदायका युवतीहरूले आवेदन दिन पाउनेछन्। सहभागी हुन चाहने युवती १६ देखि २४ वर्ष उमेर समूहभित्रका, कम्तीमा एसएलसी परिक्षा उत्तीर्ण तथा ५ फिटभन्दा बढी उचाइकी हुनुपर्ने प्रावधान तोकिएको छ। यस पटकदेखि पुरस्कार राशिमा वृद्धि गरिएको यो प्रतियोगिताका विजेताले नगद पुरस्कार रु. १ लाखका साथमा उच्च शिक्षाका लागि छात्रवृत्ति र चाँदीको मुकुट प्राप्त गर्नेछिन्।
तपाईंको प्रतिकृया