उपाधि

गृहपृष्ठ » » उपाधि » लेखहरु »

लिटिल स्टारको उपाधि युक्ता र विकललाई

इ फोर इन्टरटेन्मेन्ट प्रालि काठमाडौंको आयोजनामा धनगढीमा सम्पन्न नेपाली लिटिल स्टार २०१२ को बालिकातर्फको उपाधि १३  वर्षीया युक्ता मल्लले र बालकतर्फको उपाधि १२ वर्षीय विकल दूराले प्राप्त गरेका छन्। विगत करिब एकमहिने प्रशिक्षणमा रहेका उनीहरूले  धनगढीमा सम्पन्न एक भव्य समारोहबीच नेपाली लिटिल स्टार-२०१२ धनगढीको मुकुट पहिरिएका हुन्। नेपाली लिटिल स्टार-२०१२  धनगढीको दौडमा रहेका ४७ जना बालबालिकालाई पछि पार्दै मल्ल र दूरा मुकुट पहिरिन सफल भएका हुन्। मल्ल सिद्धार्थ शिशु सदनमा  कक्षा ८ र दूरा क्यास्पियन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन्।

नेपाली लिटिल स्टार-२०१२ धनगढीको फस्ट रनर्सअप बालिकातर्फ दक्षिका बस्नेत र बालकतर्फ अनमोल भट्ट भएका छन्। त्यस्तै सेकेन्ड रनसर् अपमा बालिकातर्फ कञ्चन खड्का र बालकतर्फ अरुण भण्डारी भएका छन्। त्यसैगरी नेपाली लिटिल स्टार-२०१२ धनगढीको अन्य उपमधिको  हकमा कन्फिडेन्समा बालिकातर्फ निकिता पन्त बालकतर्फ युवराज कुँवर, फोटोजेनिकमा बालिकातर्फ आस्ना कडायत र बालकतर्फ विकल  दूरा, वेस्ट ड्रेसमा बालिकातर्फ रुषा रेग्मी बालकतर्फ धीरज थापाले उपाधि जितेका छन्।

त्यस्तै डिसिप्लिनमा बालिकातर्फ सुभाषनी सिंह र बालकातर्फ विभु श्रेष्ठ, ट्यालेन्टमा बालिकातर्फ युक्ता मल्ल बालकतर्फ आभाष हमाल,  चार्मिङमा बालिकतर्फ पूर्णीमा भूषाल र बालकतर्फ अनिष गहतराज, पर्सनालिटीमा बालिकातर्फ कञ्चन खड्का केटातर्फ रोयल सेट्टीले उपाधी  हासिल गरेका छन्।

भिवर च्वाइसमा बालिकातर्फ आस्था कुँवर बालकतर्फ उज्ज्वल केसी, किङमा अरुण भण्डारी, क्विनमा काब्या चन्द तथा ह्यान्डसममा ज्ञानु  खत्री विजय भएका छन्। ब्युटिफुलतर्फ ऐश्वर्या कार्की, फ्रेन्डसिपतर्फ सदीक्षा शाह, वेस्ट पर्फमेन्सतर्फ निवेदिका सुब्बा, वेस्ट स्कीनतर्फ प्राची  भट्ट, वेस्ट क्याट वाकतर्फ माहिन दावर तथा चाइल्ड आइकनतर्फ काब्या चन्दले उपाधि जितेका छन्।

यसै बीच विजेता युक्ता, विकल तथा आयोजक दीपक भिमिरेलाई  प्रधानमन्त्री बाबुराम भट्टराईले एक समारोहका बीच सम्मान गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :