समाचार

गृहपृष्ठ » » समाचार » लेखहरु »

एकै साता बाँडियो दुई चलचित्र एवार्ड

नेपाली चलचित्रकर्मीहरू एकै साता दुई भिन्न चलचित्र एवार्डबाट पुरस्कृत भएका छन्। नेपालबाहिर पहिलो पटक दुबईमा गत  शुक्रबार सम्पन्न 'बक्स अफिस फिल्म एवार्ड-२०१२' मा नेपालबाट गएका चलचित्रकर्मीहरू पुरस्कृत भए भने आइतबार साँझ काठमाडौंमा  आयोजित एक भव्य समारोहमा फिल्मीखबर डिजिटल एवार्ड वितरण गरियो। दुवै समारोहमा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति देखिएको  थियो।

डिजिटल फिल्म एवार्ड

छायाँछवि क्रिएसनले चौथो पटक वितरण गरेको डिजिटल फिल्म एवार्ड वितरण समारोहमा चलचित्र 'अन्दाज' ले वर्षको उत्कृष्ट  चलचित्रसहित सर्वाधिक ६ वटा एवार्ड जित्यो। उक्त चलचित्रबाट नायिका रेखा थापाले उत्कृष्ट अभिनेत्रीको एवार्ड जितिन्। छविराज ओझाको  यो चलचित्रले उत्कृष्ट निर्देशक (उज्ज्वल घिमिरे), उत्कृष्ट पटकथाकार (सुवास सिंह बस्न्यात), उत्कृष्ट महिला पाश्र्व गायन तथा उत्कृष्ट  साउन्ड मिक्सिङ (मनोजराज भण्डारी) को एवार्डसमेत जित्यो। समारोहमा प्रतिस्पर्धी ३१ तथा अन्य ४ विधा गरी कुल ३५ विधामा एवार्ड प्रदान  गरिएको थियो।

चलचित्र 'लुट' का नायक हाकु काले अर्थात् सौगात मल्लले वर्षको उत्कृष्ट अभिनेताको एवार्ड जिते। एवार्ड ग्रहण गर्दै सौगातले आफ्नो  कामलाई विश्वास गरिदिएकोमा सबैलाई धन्यवाद दिए। 'लुट' ले उक्त एवार्डसहित उत्कृष्ट छायाँकार (पुरुषोत्तम प्रधान) तथा नव निर्देशक (निश्चल बस्नेत) पनि पुरस्कृत भए पुराना चलचित्रकर्मी नीर शाहको चलचित्र 'मसान' ले जुरी एवार्ड पायो। क्रिटिक्स एवार्ड चलचित्र ' काठमाडौं' ले पायो भने पब्लिक च्वाइस एवार्डबाट अर्जुन कुमारको चलचित्र 'चपली हाइट' पुरस्कृत भयो।

गीत, संगीत तथा नृत्यका रमाइला प्रस्तुतिसँगै अघि बढेको उक्त रंगीन समारोहमा चलचित्र 'फर्की आऊ' बाट ओम प्रतीकले उत्कृष्ट सह- अभिनेताको एवार्ड जिते भने नीता ढुंगानाले चलचित्र 'मसान' बाट उत्कृष्ट सह-अभिनेत्रीको एवार्ड जितिन्। चलचित्र 'चपली हाइट' का दीर्घ  खड्काले उत्कृष्ट सम्पादकको एवार्ड पाए भने चलचित्र 'शायद' बाट संयम पुरीले उत्कृष्ट नव-नायकको एवार्ड आफ्नो पक्षमा पारे। बिनिता  बरालले 'चपली हाइट' बाट उत्कृष्ट नव-अभिनेत्रीको एवार्ड जितिन्। उत्कृष्ट केमियो अर्थात् अतिथि कलाकारको एवार्ड चलचित्र 'दुलही रानी'  का लागि राजेन्द्र खड्गीले जिते। उत्कृष्ट खलनायकको एवार्डबाट कमलकृष्ण पौडेल पुरस्कृत भए। उनले चलचित्र 'रावण' बाट उक्त एवार्ड  जितेका हुन्। गणेश उप्रेत्रीले चलचित्र 'फर्की आउ' बाट उत्कृष्ट चरित्र अभिनेताको एवार्ड जितेको समारोहमा चलचित्र 'काठमाडौं' की संयुक्ता  राणाले चरित्र अभिनेत्रीको एवार्ड जितिन्।

समारोहमा चलचित्र 'काठमाडौं' बाटै आकाश अधिकारीको उत्कृष्ट कथाकारको एवार्ड जिते भने चलचित्र 'देवयानी' का विजय बस्नेतले उत्क ृष्ट संवाद लेखकको एवार्ड पाए। चलचित्र सम्झिराख हैका लागि दीपक शर्मा उत्कृष्ट संगीतकारको एवार्डका हकदार बने भने यही  चलचित्रबाट महाराज थापाले उत्कृष्ट एरेन्जरको एवार्ड जिते। पुरुष पाश्र्व गायनको एवार्ड गायक राजेशपायल राईले पाए। उनले चलचित्र ' हाम्रो माया जुनी जुनीलाई' को शीर्षक गीतबाट यो  सफलता हासिल गरेका हुन्। सांगीतिक कार्यक्रमका क्रममा युरोपमा रहेकाले राजेशपायल  समारोहमा उपस्थित हुन सकेनन्। चलचित्र 'सायद' बाट विल्सन विक्रम राईले उत्कृष्ट हास्यकलाकारको एवार्ड जिते भने चलचित्र 'देवयानी'  का लागि सोनिका पौडेलले उत्कृष्ट बाल कलाकारको एवार्ड जितिन्। चलचित्र 'रावण' का चन्द्र पन्त उत्कृष्ट द्वन्द्व निर्देशक घोषित भए। यही  चलचित्रबाट शंकर बिसीले उत्कृष्ट नृत्य निर्देशकको एव्ार्ड जिते। निर्जन श्रेष्ठ चलचित्र 'मसान' बाट उत्कृष्ट कला निर्देशकको एवार्ड जिते भने  यही चलचित्रबाट सुनिल वर्देवाले उत्कृष्ट पाश्र्व संगीतको एवार्ड जिते। उत्कृष्ट मेकअप आर्टिस्टको एवार्ड चलचित्र 'सायद' बाट सन्तु  तामाङले जिते भने चलचित्र 'काठमाडौं' का अच्युत गजुरेलले उत्कृष्ट एनिमेटरको एवार्ड पाए। गीतकार बाबुराम दाहालले चलचित्र 'फर्की  आउ' को 'को भुल्न सक्छ' गीतबाट सर्वोत्कृष्ट गीतकारको एवार्ड जिते

बक्स अफिस फिल्म एवार्ड

नेपाल बाहिर पहिलो पटक आयोजना गरिएकाले दुबईमा सम्पन्न 'बक्स अफिस फिल्म एवार्ड-२०१२' ले राम्रो प्रचार प्रसार पायो। पहिलो पटक  अन्तर्राष्ट्रिय बजारमा आयोजना गरिएको उक्त एवार्ड समारोह बक्स अफिस नेपाल तथा सनहिल्स फिल्म्स प्रोडक्सन दुबईले संयुक्त रूपमा  आयोजना गरेका हुन्। दर्शकहरूको उल्लेख्य सहभागितामा वितरण गरिएको एवार्ड वितरण समारोहमा तीन नायक शिव श्रेष्ठ, राजेश हमाल  तथा भुवन केसी आकर्षणको केन्द्र बनेका थिए। समारोहमा विभिन्न ३१ विधामा एवार्ड वितरण गरिएको थियो। समारोहमा रेखा फिल्म्सको  ब्यानरमा निमर्ाण भएको चलचित्र 'कसले चोर्‍यो मेरो मन' ले सबैभन्दा बढी एवार्ड जितेको छ।

समारोहमा राजेश घतानीको चलचित्र 'बाटो मुनिको फूल' ले सर्वोत्कृष्ट चलचित्रको एवार्ड जिते। यही चलचित्रबाट सुरज सुब्बा नाल्बोले सवोर् त्कृष्ट निर्देशकको एवार्ड जिते। 'कसले चोर्‍यो मेरो मन' का नायक आर्यन सिग्देल तथा नायिका रेखा थापाले सर्वोत्कृष्ट नायक-नायिकाको  एवार्ड पाए। समारोहमा रेखा थापा उपस्थित भए पनि आर्यनले कार्यक्रममा सहभागिता जनाएनन्। नवनायकको एवार्ड 'बाटोमुनिको फूल' का  यश कुमारले पाए। चलचित्र 'कसले चोर्‍यो मेरो मन' बाट संगीतकार सुरेश अधिकारी, गायक दिपक लिम्बु तथा गायिका अञ्जु पन्त पनि  पुरस्कृत भए। समारोहमा माधव वाग्लेले उत्कृष्ट निर्माता (लूट) को एवार्ड पाए भने उत्कृष्ट वितरकको एवार्ड नरेन्द्र महर्जनले जिते।

समारोहमा पुराना नायक शिव श्रेष्ठलाई लाइफ टाइम एचिभ्मेन्ट एवार्डबाट सम्मानित गरियो। महानायक राजेश हमालले दर्शक मतका  आधारमा सर्वाधिक मन पराइएका नायकको एवार्ड पाए। उक्त अवसरमा सिनेमा हलका मालिक तथा केही निर्माताहरूलाई समेत पुरस्कृत  गरिएको थियो।

समारोहमा राजेश, शिव तथा भुवनले चलचित्रका गीतमा कम्मर मर्काउँदा दर्शकहरू पनि नाच्न थालेका थिए। आबुधाविमा बसोबास गर्ने रुन्चे  गायक प्रकाश पौडेलले रुन्चे गीतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। नायिका पुजना स्त्रीको नृत्यबाट प्रारम्भ भएको समारोह लो कगायक रामजी खाँड तथा गायिका निशा सुनारको गायनका साथै सुमन सिंह, रेखा थापा, शंकर बिसी, रेखा घिमिरे आदिको नृत्यले  मनोरञ्जक बनेको थियो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

साप्ताहिक समाचारद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :