संगित

गृहपृष्ठ » » संगित » लेखहरु »

स्वरसम्राट्का गीतले झुमायो

सुगम संगीतका पारखीहरूले अघिल्लो मंगलबार स्वरसम्राट नारायण गोपालका सदावहार, मर्मस्पर्शी र कर्णप्रिय गीतमा झुम्ने अवसर  पाए। बागेश्वरी संगीतालयको आयोजनामा हाटबजारलाइनस्थित रूपन्देही उद्योग संघको हलमा सम्पन्न २२ औं नारायणगोपाल स्मृति दिवसमा  संगीतकार शक्ति बल्लभ श्रेष्ठसँगै स्थानीय कलाकारहरूले स्वरसम्राट्का करिब दुई दर्जन गीतमार्फत सहभागीहरूलाई पर्याप्त मनोरञ्जन प्रदान  गरे। कार्यक्रममा सुरेश सेन्चुरी, वीरेन्द्र अग्रहरी, बसन्त श्रेष्ठ, सौगात सायर, सरिता पन्थी, आकांक्षा बस्याल, एन्जिला रेग्मी, विशाल थापा,  आकांक्षा भण्डारी, प्रेम नेपाली, रिता पुन, विशाल आत्रेय आदि कलाकारले नारायण गोपालका 'एउटा मान्छेको मायाल.', 'यति धेरै माया दिई',  'केही मीठा बात गर', 'यो सम्झने मन छ', 'ईश्वर तैले रचेर फेरि', 'साउनको झरी बनी तिमी आऊ न' र 'विरही माया अधुरो' जस्ता  गीत प्रस्तुत गरेका थिए। उक्त स्मृति दिवसमा सुगम संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई  बागेश्वरी संगीतालयले दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

टोपराज शर्माद्वारा अन्य प्रकाशित लेखहरू

सांस्कृतिक साँझ
| अंकहरु: 15-36

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :