मनोरञ्जन

गृहपृष्ठ » » मनोरञ्जन » लेखहरु »

पोखरा मेलामा पप र लोकको रन्को

चिसो निकै बढेको छ। चिसो छल्न यतिबेला मनोरञ्जनपारखीहरू पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भेला हुने गरेका छन्।  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको सांगीतिक कार्यक्रममा मनोरञ्जनपारखीहरूको यस्तो  जमघट देखिएको हो।

बढ्दै गएको चिसोसँगै फरक-फरक विधाका संगीतको स्वादमा दर्शकहरू रमाएका छन्। दिनभर चल्ने दोहोरीको घम्सा-घम्सीमा पाका दशर् कहरू कम्मर भाँची-भाँची नाचिरहेका छन्। प्रतियोगिताका रूपमा आयोजना गरिएको दोहोरीले मेलालाई बेग्लै रौनक प्रदान गरेको छ। स्थानीय  मात्र नभै राष्ट्रिय हस्तीहरू पनि कार्यक्रममा सहभागी छन्। यही क्रममा आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा दर्शकको  रोजाइमा परे। उनलाई अर्का गायक चालेन्द्र पौडेलले पनि साथ दिए। राधिका हमालको दोहोरीबाट पनि पोखरा रमाएको छ। त्यस्तै पुरुषोत्तम  न्यौपाने, जीवन दाहाल, घनश्याम रिजाल, माया गुरुङ, प्रजापति पराजुली आदि हस्तीले पनि लोकपारखी दर्शकहरूको मन जितिरहेका छन्।

साँझ परेपछि भने पप र आधुनिक गीतको कन्सर्टले वातावरण रंगिन्छ। अघिल्लो वर्ष पनि आएका पप गायक धीरज राईले यसपटक पनि पो खरेली माया पाए। कार्यक्रममा धीरजसँगै प्रमोद खरेल, शिव परियार, रजनी राई, आनन्दराज बज्राचार्य, सर्वज्ञमान शाक्य, ईश्वर थापा, सिडी  विजय अधिकारी, सागर शाह आदिले पनि वातावरण रंगाएका थिए। लोक र पपको स्वादसँगै दर्शकलाई सिस्नो पानी हास्यश्रृंखलाको टोलिका  हास्यमा कुमार कट्टेल 'जिक्री', सिटी पुडासैनी 'धतुरे' र अर्जुन घिमिरे 'पाँडे' देखि शिव शंकर रिजाल (जोगिन्दर) तथा सुरेन्द्र केसी (मुलाको  साग) ले पेट मिची-मिची हँसाइरहेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

शिव शर्माद्वारा अन्य प्रकाशित लेखहरू

पढ्ने शैली
| अंकहरु: 15-31

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :