शरीरको कुनै पनि भागमा पीडा हुँदैन
एक अमेरिकाकी महिलाको शरीरको कुनै भागमा कुनै किसिमको पीडा महसुस नहुने नौलो खबर सार्वजनिक भएको छ। अमेरिकाको वाशिङ्टनकी स्टिव पिटको शरीरमा कुनै पनि किसिमको पीडा हुँदैन अर्थात् शरीरमा हुने कुनै किसिमको पीडा उनले हालसम्म अनुभव गरेकी छैनन्। कान्जेनिटल एनाल्जेसिया नामको रोगले ग्रसित ती महिलालाई हालसम्म टाउको दुखेको छैन भने शरीरको कुनै पनि अंगमा घाउ हुँदासमेत पीडा हुँदैन।
बाल्यकालमा दाँत निकाल्दा आफ्नै जिब्रोको केही भाग चपाएपछि उनले शरीरमा हुने कुनै पनि पीडा अनुभव नगरेको अमेरिकी चिकित्सकह रूको भनाइ छ। पीडा नभएकै कारण उनले आफनो जिब्रो बारम्बार टोक्ने गरेको चिकित्सकहरूले बताए। उनको रोगका बारेमा अमेरिकी वै ज्ञानिकहरूले अनुसन्धान गर्ने भएका छन्। यो रोगका सम्बन्धमा आगामी जुलाईमा बेलायतको साइन्स म्युजियममा कार्यशाला नै हुने भएको छ।
तपाईंको प्रतिकृया