साताको स्वर

गृहपृष्ठ » » साताको स्वर » लेखहरु »

दिपेन गुरुङ, गायक

कान्छी मट्याङट्याङ कस्तो गीत हो ?

यो लोक-आधुनिक फ्लेवरको गीत हो। यसलाई मैले रोमान्टिक शैलीमा प्रस्तुत गरेको छु।

यो त पुरानै गीत होइन र ?

हो, यो गीतलाई लक्ष्मीप्रसाद जोशीले पहिल्यै गाउनुभएको हो। हामी केटाकेटी छँदा यो गीत हिट थियो। पछि संयोगले यही गीतमा मैले आफ्नो  स्वर दिन पाएँ।

पहिले नै चलेको गीत गाउनुको के अर्थ हुन्छ ?

पहिले यो लोकलयमा गाइएको थियो। त्यतिबेलाको समयअनुसार यो गीत राम्रो लाग्थ्यो। अहिले भने श्रोताको रुचि फेरिएको छ। श्रोताहरू पुरानै  स्वादमा रमाइरहन सक्दैनन्। त्यसैले मैले यसलाई नयाँ स्वादमा प्रस्तुत गरेको छ। मलाई लाग्छ, अहिलेको जेनरेशनले मैले प्रस्तुत गरेको शैली  रुचाउँछ।

यसले गीतको मौलिकता मर्दैन ?

मैले त्यसमा पर्याप्त ध्यान दिएको छु। यसलाई मैले नयाँ स्वाद मात्र थपेको हो, त्यसले गीतको मौलिकतालाई कुनै असर गर्दैन।

यो गीतसहितको एकल गीतिसंग्रह 'प्रतिविम्ब' बजारमा ल्याउनुभएको छ, समग्रमा यसमा कस्ता गीत सुन्न सकिन्छ ?

यसमा लोक-आधुनिक शैलीका गीतहरू नै सुन्न सकिन्छ।

निकै चलेका गीतकार/संगीतकार लिनुभएको छ, रेस्पोन्स कस्तो छ ?

यो मेरो पहिलो एल्वम हो। चिनेजानेकाहरूले राम्रो प्रतिक्रिया दिएका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :