साइना
एसपी मुभी मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र 'साइना' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। देशव्यापी प्रदर्शन हुने यो चलचित्रमा नायक प्रशान्त गिरी, खुस्बु खड्का, सलोनी गुरुङ, मदन श्रेष्ठ, जीवन थापा आदि कलाकारले अभिनय गरेका छन्। चलचित्र प्रेमकथामा आधारित छ। चलचित्र साइनालाई रोमाञ्चक बनाउन केही हरर सिक्वेन्सहरू पनि समावेश गरिएका छन्। सुरज प्रधानले निर्माण गरेको यो चलचित्रको छायांकन काठमाडौं, पाल्पा, नारायणगढ, लुम्बिनी आदि स्थानमा गरिएको छ। विनोद सापकोटा यो चलचित्रका छायांकार हुन्। चलचित्रमा रत्न जोशी र सुरेश चौधरीको नृत्य निर्देशन छ। चलचित्रमार्फत दर्शकलाई नौलो स्वाद पस्कन स्पेशल इफेक्ट प्रयोग गरिएको निर्देशक समिर मियाले बताएका छन्।
तपाईंको प्रतिकृया