जम्का भेट

गृहपृष्ठ » » जम्का भेट » लेखहरु »

राजन खतिवडा (रंगकर्मी कलाकार)

केही दिनअघि अनामनगरस्थित मण्डला नाटक घर पुग्दा राजन खतिवडा मञ्चको सेटिङमा व्यस्त थिए। मंसिर ८ देखि सुरु भएको अन्तर्राष्ट्रिय  नाटक महोत्सवको तयारीले उनलाई व्यस्त बनाएको थियो। त्यही व्यस्तताबीच राजनले थोरै समय निकाले। पारिलो घाममा बसेर उनले नाटक,  चलचित्र र आफ्नो निजी जीवनका कुरा साटे। धादिङको कल्लेरीमा जन्मिएका राजन मामाघर बारामा हुर्किए, बढे। डुमरवानास्थित नेपाल  राष्ट्रिय उमाविबाट एसएलसी पास गरेका राजनले आफ्नो अध्ययनलाई अघि बढाएनन् बरु हातमा परेको सर्टिफिकेट पनि च्यातेर फालिदिए।  'मलाई बाहिरी विषयको अध्ययन मनपथ्र्यो,' लामो केश मिलाउँदै उनले मुख खोले, 'तर घोकन्ते पढाइ पटक्कै मन पर्दैनथ्यो।' त्यसपछि  राजधानी आएर उनी नाटक कर्ममा होमिए। झन्डै १५ वर्षको लामो अबधिबीच राजन थुप्रै नाटकमा अभिनय, निर्देशन र लेखनमा संलग्न भए।  पछिल्लो समय  हाइवेमार्फत उनी चलचित्रको संसारमा प्रवेश गरे। यसले उनलाई चर्चा दिलायो। हालै उनले ऋषि लामिछानेको निर्देशनमा  बन्न लागेको चलचित्र सरी लमा अभिनय गरेका छन्। यही सेरोफेरोमा राजनसाग साप्ताहिकका नरेन्द्र रौलेको जम्काभेटः



मण्डला नाटक घर औपचारिक रूपमा सुरु भएको छ। कस्तो महसुस हुँदैछ ?

खुसीको सिमै छैन। आमाले सन्तान जन्माउँदा कस्तो खुसी महसुस गर्छिन्, त्यस्तै खुसी लागिरहेको छ। उद्घाटनको दिन सायद बोल्ने कार्यक्रम  भैदिएको भए, मण्डलाका हामी सबै साथीहरूको आँखाबाट खुसीको आँसु झथ्र्यो होला। अन्तर्राष्ट्रिय नाटक महोत्सवको दिन हामीले सुनकेशरी  नाटकमा अभिनय गर्ने मौका पायौं। त्यो अर्को गौरबको विषय थियो।

नाटक घर बनाउन कत्तिको कठिन भयो ?  

अहिलेसम्म झन्डै २३ लाख रुपैयाँ खर्च भैसकेको छ। आधा पैसा ऋण लिएरै काम चलाइयो। समूहका सबै १५ जना साथीको खल्तीबाट पैसा  उठाएर घर बनायौं। अझैं थुप्रै काम बाँकी नै छ। कष्टको त कुरा गरिसाध्यै छैन नि। सिर्जनात्मक काम गर्ने बेला शारीरिक श्रम गर्दै समय  बितिरहेको छ।

यसबीच तपाईंले हाइवेमा अभिनय गर्नुभयो। लगत्तै सरी लमा पनि मौका पाउनुभयो। थियटर र चलचित्रमा अभिनय गर्दा कस्तो अनुभव भयो ?

थियटरबाट बढी सन्तुष्टि मिल्छ। यसमा पियनदेखि हाकिमसम्मको अभिनय गर्न पाइन्छ। सीधै दर्शकहरूसँग सम्पर्क हुन्छ। यो कम खर्चिलो पनि  हुन्छ। चलचित्रमा बढी ग्ल्यामर र पैसा त छ तर दर्शकहरूसँग सीधा सम्पर्क हुँदैन।

एकछिन निजी जीवनतिर फर्कौं। विवाह गर्नुभो ?

छैन। बल्ल ३५ वर्षमा पाइला टेकियो। अब बेला आउँदैछ जस्तो लाग्छ।

किन एक्लो बस्न मन लाग्यो ?

विवाह गर्‍यो भने पारिवारिक बन्धनमा बाँधिन्छ। मन खोलेर काम गर्न पाइँदैन। यद्यपि मलाई माया गर्ने कोही छिन्।

अध्ययनलाई निरन्तरता दिन नपाउँदा पछुतो छैन ?

छैन। मसँग सर्टिफिकेट नभए पनि स्वअध्ययन गर्छु। आर्थिक, सामाजिक, राजनीतिक, भूगोल जस्ता विषयहरूमा मेरो रुचि छ। नाटक तयार  पार्न पनि अध्ययन आवश्यक छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :