तीन प्रश्न

गृहपृष्ठ » » तीन प्रश्न » लेखहरु »

जतिन ताम्राकार, भिजे / मोडल

रहरैरहरमा नौ वर्षअघि मोडलिङको क्षेत्रमा छिरेका विराटनगरका जतिन ताम्राकारले यस क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेका छन्।  विराटनगर जनआन्दोलन चोकस्थित फेसन लिंक नामक संस्थाबाट करिब एक दशकअघि तीन महिनाको तालिम लिएका जतिन मोडलिङको  क्षेत्रमा करियर बनाउन सफल छन्। सुरुका दिनमा विभिन्न कन्टेस्टमा सहभागी हुँदै उनले मिस्टर नेपालसम्मको उपाधि हात पारे। त्यस्तै सन्  २००३ को प्रतियोगितामा फोटोजेनिक एवार्ड पनि पाएका थिए। जतिनले भने- 'बीचमा अफर आउँदा एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा  पनि काम गरें।' ताम्राकारले गायक नरेन्द्र प्यासी, एपी शेर्पा, मनीषा पोखरेल, प्रकाश पौडेल, नवराज बस्नेत, सुमित खडका, प्रवलपि विश्वास  आदि गायकले गाएको गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। यसै क्रममा कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको संगीता श्रेष्ठद्वारा  निर्देशित 'कथा प्रेमका' मा पनि अभिनय गरेको उनले सुनाए। अहिले उनी विराटनगरबाट प्रसारण हुने स्काई एफएम र मकालु टेलिभिजनमा  डायल मकालु प्रोग्राम चलाउँदै आएका छन्। रेडियोमा काम गरेको ६ वर्ष र टेलिभिजनमा आएको डेढ वर्ष भएको बताउने ताम्रकारसँग  साप्ताहिकको तीन प्रश्नः

तपाईं मोडल कि संचारकर्मी ?

पहिलो त मोडल हो, त्यसपछि सञ्चारकर्मी, पहिलेदेखि नै मिडियामा बढी समय दिइरहेकाले यसलाई पनि छोडिहाल्न सकिँदैन। म संचारकर्मी र  मोडलिङ दुवै विधामा चिनिन चाहन्छु।

मोडलिङ क्षेत्रको भविष्य कस्तो देख्नुभएको छ ?

पहिलेचाहिँ थिएन, त्यतिबेला एकदमै दौडधूप गरेर आफ्नै पैसा लगानी गरेर काम गर्नुपर्ने अवस्था थियो तर अहिले आफूमा क्षमता छ भने  अफरहरू आउँदा रहेछन् र त्यो अनुसारको पारिश्रमिक पनि पाउन थालेको अवस्था छ। अहिले टिनएजर्सहरूमा मात्र होइन, धेरै मानिसमा  ग्ल्यामर चाहिन्छ भन्ने सकारात्मक सोच आएकाले मोडलिङको उज्ज्वल भविष्य छ।

भिजे हुँदाको अनुभव ?

पहिलो पटक क्यामेरा फेस गर्नुपर्दा अलिक असहज भयो, तर अहिले त्यस्तो अप्ठयारो छैन। रेडियोमा बोलिरहेका कारण पनि टेलिभिजनमा  सहज भएको छ।

प्रस्तुतिः अनिल श्रेष्ठ

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :