प्रिया रिजाल (नायिका)
मन पर्छ
सफा मनः मनमा कुनै विकार नभएका सफा मनका पुरुषहरूसँग कुरा गर्न रुचाउँछु ।
आँखाः आँखैबाट मानिसको चरित्र पढ्न सकिन्छ, त्यसैले आँखाको गहिराइ पढ्न मन पराउँछु ।
क्लिन सेभः दाह्री वा जुंगा पालेको अनुहारभन्दा क्लिन सेभ गरिएको राम्रो लाग्छ ।
सोभर डेसः व्यक्तित्वलाई परिपक्व देखाउने सोभर डे्रसअप मनपर्छ ।
मन पर्दैन
फोहरीः हेर्दै घिन लाग्दो फोहरी मानिससँग कसलाई पो नजिक हुन मन लाग्ला र ?
नकारात्मक हेराइः युवती देखेपछि मनमा पाप राखेर नकारात्मक रूपमा हेर्ने पुरुषहरू मन पर्दैनन् ।
घमण्डीः मै हुँ भन्ने घमण्ड गर्ने मानिसको संगत गर्दिन ।
बडी सोअप गरेकोः बडी देखाएर सलमान खान बन्न खोज्ने युवक देखेर हाँसो उठ्छ ।
तपाईंको प्रतिकृया