सुवास थापा (नायक/रंगकर्मी)
तपाईंका गुरु ?
सुनिल पोखरेल
नराम्रो आदत ?
सुन्ने मानिसको चाहना नबुझी एकतर्फी रूपमा आफ्नो कुरा व्यक्त गरिरहने
मन नपरेको सेलिब्रेटी ?
अभिनेताका रूपमा हिमेश रेशमिया
जान्नैपर्ने तर नजानेको काम ?
चाप्लुसी
अभिनयबाहेक अरू पेसा ?
छैन
तपाईंसँग भएको सबैभन्दा महँगो भौतिक वस्तु ?
मेरो अपार्टमेन्ट
रंगकर्म र चलचित्रमध्ये एउटा रोज्नुपर्दा ?
कसैले छातीमा बन्दुक राखेर सोधे पनि सक्दिनँ। मलाई दुवै चाहिन्छ।
कसैलाई गाली गर्नुपर्यो भने सबैभन्दा पहिले निस्कने शब्द ?
उल्लु
केसँग सबैभन्दा बढी डर लाग्छ ?
मगजमा आउने नकारात्मक सोचसँग
मात्ने गरी पिएको सम्झना ?
२००२ मा नाटक देखाउने क्रममा डेनमार्क पुगेका बेला एकरात बेस्सरी पिइएछ। आफू बसेको कोठा पत्ता लगाउन नसकेर समुन्द्रको किनारमा सुतिरहेको अवस्थामा साथीहरूले बोकेर ल्याएछन्।
कसैलाई पिट्नु भएको छ ?
एकपटक छिमेकमा आएको चोरलाई समातेर पेटमा लात्तीले हिर्काउँदा ऊ झन्डै बेहोस भएको थियो। पछि बेकारमा पिटेछु भनेर ग्लानि भयो।
तीन जना स्वदेशी सेक्सी सेलिब्रिटी महिला ?
प्रियंका कार्की, रेखा थापा र सहाना बज्राचार्य
एक जना नायिका जोसँग टाइट हग गर्दा आत्मीयता महसुस हुन्छ ?
त्यस्तो त नायिकासंग होइन, श्रीमतीसँग पो हुन्छ त।
अभिनयको हिसाबमा झरना बज्राचार्य, ऋचा घिमिरे, झरना थापा, प्रियंका कार्की र निशा अधिकारीलाई क्रमबद्ध गर्दा ?
झरना बज्राचार्य, प्रियंका कार्की, ऋचा घिमिरे, निशा अधिकारी र झरना थापा
कुन सेलिब्रेटीलाई सम्झँदा सेक्स डिजायर बढेर आउँछ ?
अमेरिकी गायिका रिहान्ना
बिहान उठ्दा लिंग परिवर्तन भएर राम्री युवती हुनुभएछ भने ?
श्रीमतीलाई पुरुष बनाउन बैंकक लिएर जान्थें
चुम्बनमा मज्जा कि सेक्समा ?
दुवैको सम्मिश्रण
तपाईंको प्रतिकृया