सीमा केसी (नायिका)
चलचित्र 'युज' को भूमिका चर्चामा छ नि ?
यो चलचित्रमा मैले वेश्याको भूमिका निर्वाह गरेकी छु । सम्भवतः त्यसैले पनि मेरो भूमिकाको चर्चा भएको होला । यो चलचित्र नेपाली नारीहरू कसरी 'युज' अर्थात् प्रयोग भैरहेका छन् भन्ने विषयमा आधारित छ ।
चलचित्रमा त्यस्तो भूमिका निर्वाह गर्दा सार्वजनिक जीवनमा प्रभाव पर्छ जस्तो लाग्दैन ?
कलाकार भएपछि हरेक प्रकारको भूमिका निर्वाह गर्नुपर्छ । 'युज' मा पनि म खान्दानी युवतीदेखि वेश्यासम्मको भूमिकामा प्रस्तुत छु ।
नयाँ नायिकाहरू निर्माता-निर्देशकको शारीरिक शोषणमा पर्छन् भन्ने कुरा सही हो ?
अहिले चलचित्र उद्योगमा बोल्ड नायिकाहरूको बाहुल्य भएकाले नयाँ नायिकालाई पनि शारीरिक शोषण गर्ने सम्भावना घट्दै गएको छ ।
चलचित्रका यौनजन्य दृश्यमा तपाईं जम्नुहुन्छ भन्ने चर्चा छ नि ?
म चलचित्रको कथाभन्दा बाहिर गएर त्यस्ता दृश्य दिन्न । सीमा नाघेर सेक्स सिन दिने कुरा पनि आउँदैन ।
सेक्सलाई कसरी हेर्नुहुन्छ ?
सेक्स प्राकृतिक कुरा हो । मान्छे मात्र होइन हरेक जीवित प्राणीलाई यसको आवश्यता पर्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने यसको प्रयोग सही ठाउँमा, सही उमेरमा गर्नुपर्छ । प्राकृतिक कुरा भएकाले सेक्सबिना संसार नै चल्दैन ।
विवाहअघि त्यस्तो सम्बन्ध स्थापित गर्नु उचित कि अनुचित ?
अहिलेसम्म त त्यस्तो सम्बन्ध राख्ने आवश्यकता परेकै छैन । विवाअअघि पर्दा पनि पर्दैन ।
तपाईंको प्रतिकृया