डिजे जोन

गृहपृष्ठ » » डिजे जोन » लेखहरु »

डिजे तेन्जिङ

डिजे तेन्जिङ (३५) नेपालका पहिलो डिजे हुन्, जसले सन १९९१ देखि नेपालमा निरन्तर डिजेइङ गरिरहेका छन्। तेन्जिङका डिजे यात्रा ठमेलमा  रहेको जोली ब्लुज क्लबबाट सुरु भएको थियो। दरबारमार्गको क्लब डाइनेस्टी, ठमेलको स्टुडियो फिफ्टी फोर, दरबारमार्गकै एक्सजोन, याक  एण्ड यतिको क्लब प्लाटिनममा पनि तेन्जिङले काम गरे। तेन्जिङले सबैभन्दा लामो समय हयात रिजेन्सीको रक्स बारमा सात वर्ष काम गरेका  थिए। तेन्जिङले नेपालका प्रमुख सहरदेखि दुर्गम स्थान सगरमाथा बेस क्याम्प सम्म डिजेइङको स्वाद पस्कन भ्याएका छन्। तेन्जिङले विदेशमा  बेल्जियम, इजरायल, फ्रान्स, स्पेन, जर्मनी, हल्यान्ड र भारतमा पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्।  

सोलुखुम्बुका डिजे तेन्जिङ हाल भने राजधानीको बौद्ध जोरपाटीका स्थायी बासिन्दा हुन्। प्रायः नेपाली पार्टीक्रेजीहरू तेन्जिङका कमर्सियल ने पाली, हिन्दी र अंग्रेजी गीतमा झुम्न मन पराउँछन्। सन् २०१० बाट सुरु भएको टेलिभिजन रियालिटी शो 'वार अफ डिजे' मा तेन्जिङले  प्रमुख निर्णायकका रूपमा पनि काम गरिसकेका छन्। तेन्जिङको बुझाइमा डिजेइङ भन्नाले सामान्य गीतलाई क्लबवाइज गर्नु वा आफ्नो  प्याटर्नमा ढाल्न सक्नु हो। अहिलेका डिजेले समुदाय, उमेर र स्थान ख्याल नगरी जुन पायो त्यही गीत पार्टीमा लाद्ने भएकाले पार्टीक्रेजीहरू  घट्न थालेको तेन्जिङ बताउँछन्। अहिले केही डिजेहरू चल्तीका छन् भने केहीलाई यसबाट बाँच्न गाह्रो परेको तेन्जिङले बताए। क्लबहरू राति  ११ बजे नै बन्द हुने भएकाले यसमा लाग्ने र यो पेसाबाट जीवन धान्नेहरूलाई गाह्रो भएको तेन्जिङको बुझाइ छ, सरकारले क्लब, रेस्टुराँ र  बारलाई एउटै श्रेणीमा राख्न नहुने तेन्जिङ बताउँछन्। फेसबुकमा साथी बन्न तेन्जिङको आधिकारीक पेज  https://www.facebook.com/deejay.tenzing?ref=ts&fref=ts मा रिक्वेस्ट पठाउन सकिन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :