यस्तो अवस्थामा मैले के गर्दा उपयुक्त होला ?
म १८ वर्षीय युवा हुँ। मेरो विवाह दुई वर्षअघि भएको थियो। मेरो आठ महिनाको छोरा पनि छ, तर यसबीच एउटी युवतीले प्रेम प्रस्ताव राखेकी छिन्। मैले उक्त प्रस्ताव अस्वीकार गर्दा ती युवतीले मलाई आत्महत्या गर्ने धम्की दिएकी छिन्। यस्तो स्थितिमा म आफ्नो परिवार छोड्न सक्दिनँ र ती युवती मरेको हेर्न पनि चाहँदिनँ। यस्तो अवस्थामा मैले के गर्दा उपयुक्त होला ?
एलबी
ती युवतीको बेवास्ता गर्नुमै तपाईंको कल्याण छ। आजभोलि चलचित्र, इन्टरनेट र यस्तै विषयमा आधारित साहित्यका कारणले विवाहित पुरुष वा स्त्रीप्रति आफ्नो आसक्ति देखाउने युवावर्गको जमात बढ्दै गएको छ। तपाईंप्रति आसक्ति देखाउने ती युवती पनि त्यस्तै वर्गमा पर्छिन। यो वर्गका लागि प्रेम गर्नु, यौनसम्पर्क राख्नु र प्रेमी वा प्रेमिकालाई बिर्सिदिनु सामान्यजस्तै भएको छ। तपाईंको हकमा पनि यिनै कुराले काम गरेको छ भन्ने मेरो ठ्म्याइ छ। मलाई लाग्छ, ती युवतीले तपाईंको ध्यान आफूतर्फ आकषिर्त गर्नका लागि मात्र आत्महत्याको धम्की दिएकी हुन्। आत्महत्या गर्नु धम्की दिएजस्तो सजिलो कुरा होइन। तपाईंले ढुक्क भएर ती युवतीलाई बिर्सिदिंदा केही फरक पर्दैन। ती युवतीका कुरामा कान नदिएर आफू र आफ्नो परिवारप्रति जिम्मेवार हुनुहोस्।
तपाईंको प्रतिकृया