फिल्मी खबर

गृहपृष्ठ » » फिल्मी खबर » लेखहरु »

पूजनाको पोष्टर आपत्ति

नायिका पूजना प्रधानले हालै जारी गरिएको चलचित्र 'रक्षा' को पोस्टरप्रति आपत्ति जनाएकी छिन्। निर्देशक राजु गिरीले चलचित्रको पोस्टरमा  आफ्नो नग्न तस्बिर राखेको भन्दै पूजनाले विरोध गरेकी हुन्। आफ्नो टाउकोमा अर्कै युवतीको नग्न तस्बिर राखेर पोस्टर बनाएकोमा पूजनाले  आपत्ति जनाएको बताइन्छ। पोस्टरमा राखिएको तस्बिर आफ्नो नभएको पूजनाको दाबी छ। यही चलचित्रमा बेड सिन दिएर यसअघि नै चचार् मा आइसकेकी पूजनाले यस किसिमको गलत काम भए स्क्यान्डल ल्याउन खोजे आफूले प्रहरी प्रशासनको सहारासमेत लिने बताएकी छिन्।  निर्देशक गिरीले भने नायिकाको चरित्र हत्या गर्न नखोजेको र आगामी दिनमा सभ्य पोस्टरहरू निर्माण गर्ने बताए।

फागुन २५ मा वधशाला

मनोज पण्डितद्वारा निर्देशित चलचित्र 'बधशाला' प्रचार प्रसारमा व्यस्त भएको छ। आगामी फागुन २५ गते सार्वजनिक हुने यो चलचित्रले गत  सोमबार पोस्टर प्रिमियर कार्यक्रम आयोजना गर्दै प्रचार-प्रसार अभियान प्रारम्भ गरेको हो। यसअघि  शुभमुहूर्त, छायांकन, सम्पादन,  स्वरांकनसम्मको गतिविधिलाई चलचित्रको युनिटले गोप्य राखेको थियो। माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षद्वारा बेपत्ता पारेर यातना  दिइएको भैरवनाथ गणभित्रको दर्दनाक अवस्थालाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ। सोमबार सार्वजनिक गरिएको चलचित्रको  पहिलो पोस्टरमा कालो मुकुन्डोले टाउको छोपेर कुर्चीमा राखिएको तस्बिरलाई महत्त्व दिइएको छ। समारोहमा निर्देशक पण्डितले वधशाला  द्वन्द्वका बेला राज्यका अनेक यातनागृहमध्येको एक घरभित्रको कथा समेटिएको बताए। सैनिक र विद्रोहीको कथा रहेको चलचित्रको फस्ट  लुकमा यसका कलाकारहरू पनि पात्रकै गेटअपमा प्रस्तुत भएका थिए। मोहन डोटेलद्वारा निर्मित चलचित्र वधशालामा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, समुना केसी, सरिता गिरी  आदि कलाकारले अभिनय गरेका छन्।

किम्फमा गोर्खा उत्कृष्ट

मंगलबार काठमाडौंमा सम्पन्न दसौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव 'किम्फ' मा पहिलो पटक नेपाली वृत्तचित्र उत्कृष्ट  भएको छ। बेलायती सेनाका लागि नेपालमा गरिने छनौट प्रक्रियाका बारेमा क्याम्पभित्र हुने गतिविधिलाई समेटेर तयार पारिएको केसाङ छेतेन  निर्देशित 'हु विल बी अ गोर्खा ?' ले उत्कृष्ट भएर इतिहास रचेको हो। प्रदर्शनका क्रममा अत्यधिक दर्शक पाएको यो वृत्तचित्रको महोत्सवमा  अतिरिक्त शोसमेत गर्नुपरेको थियो। दर्शकबाट अत्यधिक रुचाइएको लाहुरे छनौटको कथालाई किम्फका निर्णायकले पनि मन पराएका हुन्।  अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको एक्लो प्रतिनिधित्व गरेको यो वृत्तचित्रले अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै १ हजार ५ सय डलर पनि जितेको  छ। निर्देशक केसाङले पब्लिक च्वाइस एवार्डका लागि पनि यही वृत्तचित्रबाट एवार्ड पाए। जोन पोर्टसहितको तीन सदस्यीय जुरीले पोल्यान्डको  चलचित्र 'आर्ट अफ फ्रिडम' लाई दोस्रो घोषित गर्‍यो। तेस्रो पुरस्कार दुई वृत्तचित्र फ्रान्सको 'नोम्याडिक नाइट्स' तथा नर्वेको 'द स्नो केभ  म्यान' ले संयुक्त रूपमा ग्रहण गरे। नेपाल पानोरामाअन्तर्गत प्रतिस्पर्धी पाँच चलचित्रबाट फिक्सन र डकुमेन्ट्रि गरी दुई उत्कृष्ट चलचित्र घो षणा गरियो। उत्कृष्ट फिक्सनको पुरस्कार असीम चित्रकारको 'हरि' ले जित्यो भने डकुमेन्ट्रीतर्फको पुरस्कार 'काडामाडौं' ले जित्यो। महोत्सवको  अन्तिम दिन नेपाली चलचित्र 'सुनगाभा' प्रिमियर गरिएको थियो।

कलिउडको फस्टलुक

नवराज आचार्यद्वारा निर्देशित चलचित्र 'कलिउड' ले आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ। पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको 'कलिउड' ले प्रचार-प्रसारलाई तीव्रता दिँदै  तीनवटा पोस्टर सार्वजनिक गरेको हो। सावर्जनिक गरिएका पोस्टरहरूमा प्रियंका कार्की र आर्यन सिग्देललाई महत्त्व दिइएको छ। यसबीच यो  चलचित्रको आगामी पुस २० गते कतारमा प्रिमियर गरिने भएको छ। कतारको दोहामा हुने उक्त विशेष प्रदर्शनीमा चलचित्रका निर्देशक तथा  कलाकार सहभागी हुनेछन्। चलचित्रको सार्वजनिक प्रदर्शन भने माघ ५ गते प्रारम्भ हुनेछ। कलिउडमार्फत पायल थापा र विष्णु कार्कीले डेब्यू  गर्दैछन्।

पुस १३ मा धन्दा

गीतकार बाबुराम दाहालले निर्माण गरेको चलचित्र 'धन्दा' को सार्वजनिक प्रदर्शन आगामी पुस १३ गते प्रारम्भ हुनेछ। सुदर्शन थापाले निर्देशन  गरेको यो चलचित्रमा अर्पण थापा, समुना केसी, पुष्कर गुरुङ, वसन्त भट्ट, शुभेच्छा थापा आदि कलाकारले अभिनय गरेका छन्। विष्णु कल्पित  तथा दीपक बज्राचार्यले छायांकन गरेको यो चलचित्रमा सुगम पोखरेलको संगीत निर्देशन छ।

फर्किए ज्ञानेन्द्र देउजा

केही महिनाअघि आत्महत्याको प्रयास गरेका निर्देशक ज्ञानेन्द्र देउजा पुनः चलचित्र निर्देशनमा फर्किएका छन्। आगामी महिना छायांकन प्रारम्भ  हुने चलचित्र 'नमस्ते दुबई' मार्फत उनी पुनः निर्देशनमा व्यस्त हुन लागेका हुन्। यो चलचित्रमा नायिका पुजना स्त्रीको लगानी रहने बताइन्छ।  पुजनाले दुबईमा चलचित्र प्रदर्शनको व्यवस्थापन गर्दै आएको संस्था सन हिलसंग मिलेर 'नमस्ते दुबई' निर्माण गर्न लागेकी हुन्। दुबईमा रहेका  नेपाली कामदारहरूको जीवनकथामा आधारित यो चलचित्रको कथा पनि पूजनाले नै तयार पारेकी हुन्। चलचित्रमा पुजनासहित आशिष पुरुष,  राजकुमार न्यौपाने तथा सन्ध्या भन्डारीले पनि अभिनय गर्नेछन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :