प्रविधि

गृहपृष्ठ » » प्रविधि » लेखहरु »

स्क्य्राच सिडी टुथपेस्टले माझ्ने

मेमोरी कार्ड तथा पेनड्राइभजस्ता सजिला स्टोरेज डिभाइसहरूका कारण सिडी अर्थात् कम्प्याक्ट डिस्कको प्रयोग कम भैरहेको छ, तर पनि  सिडीलाई कुनै पनि डाटा संग्रह गरेर सुरक्षित राख्ने भरपर्दो साधनका रूपमा लिइन्छ। मूल्यमा सस्तो तथा काममा भरपर्दो मानिने सिडीमा  राखिएका डाटा तबसम्म सुरक्षित रहन्छन् जबसम्म सिडीलाई जतन गरिन्छ, तर जब सिडी स्क्य्राच हुन्छ त्यसमा भएका डाटा नष्ट हुने वा  सिडी नै नचल्ने सम्भावना हुन्छ। यद्यपि सिडी धेरै बिगि्रसकेको छैन भने अलि-अलि स्क्य्राच हुँदैमा डराउनुपर्दैन। यसका लागि निम्न उपाय  अपनाउनुपर्छः

सबैभन्दा पहिले स्क्य्राच भएको सिडीलाई साबुन-पानीले राम्रोसँग सफा गर्ने ताकि त्यसमा लागेको सबै धुलोमैलो पखालियोस्।

त्यसपछि सफा नरम कपडाले सिडीलाई बिस्तारै पुछ्ने।

अब सिडीमा दन्त मञ्जन अर्थात् टुथपेस्ट लगाउने। टुथपेस्टको लेपन सिडीको सबै भागमा पुग्नुपर्छ।

टुथपेस्ट लपक्क लगाइसकेपछि पाँच मिनेटसम्म सिडीलाई त्यत्तिकै छाड्ने।

त्यसपछि धारामा लगेर सिडीलाई राम्रोसँग पखाल्ने, यसरी पखाल्दा सिडीमा लगाइएको सबै टुथपेस्ट पखालिनुपर्छ।

यसो गर्दा सिडीको स्क्य्राच हट्छ र सिडीलाई फेरि पहिलेकै अवस्थामा प्रयोग गर्न सकिन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :