फरक बाटो

गृहपृष्ठ » » फरक बाटो » लेखहरु »

डा. राजेशचन्द्र जोशी

पछिल्लो समयमा कोरिया नेपाली युवाहरूका लागि श्रम गर्ने गन्तव्य बनिरहेको छ्र। यहाँ आएका कतिले दिनरात साना तथा मझौला उद्योगह रूमा पसिना बगाइरहेका छन् भने भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई कहिले पुगौं भैरहेको छ। कतिले भने नयाँ भाषा परीक्षा खुल्ने  सूचनाको प्रतीक्षा गरिरहेका छन्। कोरियालाई अधिकांश नेपाली युवाले डि्रम ल्यान्ड मानिरहेका बेला थेगु सहरको दोङसान अस्पतालमा डा.  राजेशचन्द्र जोशी भने अहोरात्र कोरियाली जनताको स्वास्थ्य उपचारमा खटिरहेका छन्।

गत साता उनको कार्यकक्षमा  पुग्दा टेवलभरि फूलको गुच्छाहरू यत्रतत्र थिए र क्षण-क्षणमा हाते फोनमा बधाई सन्देश आइरहेको हुन्थ्यो।  उत्तरमा उनी खाम्साहाम्नीदा (धन्यवाद) लेखिरहेका हुन्थे। त्यसरी बधाई ओइरिनुको कारण भने कोरियाको फेमिली मेडिसिन एकेडेमीले

गरेको  एक सम्मेलनमा 'बालबालिका उदास हुनुका कारणहरू' शीर्षकको उनको कार्यपत्र उत्कृष्ट हुनु हो। गत सेप्टेम्बर २० देखि २२ सम्म सोलको  ग्रान्ड हिल्टन होटलमा आयोजित उक्त सम्मेलनमा कोरियाका सयौं प्रख्यात चिकित्सकलाई पछि

पाद उनले एवार्ड पाएका थिए। कोरियामा  चाइल्ड डिप्रेसन ठूलो समस्याका रूपमा आइरहेका बेला यससम्बन्धी उनको प्रस्तुतिलाई मूल्यांकनकर्ताले उत्कृष्ठ मानेका हुन्। जोशीले पाएको  यो अवार्ड पहिलो भने होइन। २०११ मा पनि सरकारी स्वामित्वको टेलिभिजन केबीएसले कोरियाली समाजमा 'सफलता र एकताको नमुना'  बनेका प्रवासीहरूमध्ये डा. जोशीलाई 'होप अफ कोरिया' एवार्डबाट सम्मनित गरेको थियो। उनले पाएको प्रत्येक मान, सम्मान र एवार्डले को रियाली समाजमा नेपाली छवि उँचो बन्दै गएको छ। उनले भने, 'यी सबै सम्मान म राष्ट्रलाई अर्पण गर्छु।'

यो क्षणसम्म आइपुग्न भने जोशीले अनेक अनेक धपेडी भोगेका छन्। ४१ वर्षअघि काठमाडौंमा रामचन्द्र र शुभद्रा जोशीको छोराका रूपमा  जन्मिएर आर्दश विद्यामन्दिर माविबाट प्रवेशिका एवं अमृत साइन्स कलेजबाट आईएस्सी गरेपछि डाक्टर बन्ने जोसमा १९९२ मा कोरिया  आएका जोशीले सुरुमा सोल विश्वविद्यालयबाट कोरियन भाषाको अध्ययन गरेका थिए। त्यसपछि प्रो. जङसङ दकको सहयोगमा थेगु आएर  यङनाम विश्वविद्यालयमा पढ्न थालेका जोशीले कडा मेहनत र परिश्रमले २००२ मा एमडी गरे। थेगु आएपछि फेरि यहाँको स्थानीय भाषाले  पनि उत्तिकै सतायो। भाषकि कठिनाइले पटक-पटक हार खाएका जोशीलाई नजिकबाट आत्मबल दिने स्थानीय व्यवसायी स इन सुक थिइन्।  सुक लामो समयदेखि थेगु क्षेत्रमा रहेका प्रवासी मजदुरहरूकी सहयोगी पनि थिइन्। उनकै सहयोग र सान्त्वनाले जोशीले आफ्नो कार्यलाई  निरन्तरता दिए। २००८ मा सुककै छोरी जङ से यङसँग जोशीले प्रेमविवाह गरे। सानैदेखि डाक्टर बन्ने दृढ इच्छा भएकाले सपना साकार गरेरै  छोडे। उनले आफ्नो विगत सम्झँदै भने, 'एमडी पढेका बेला चार घण्टामात्र सुत्थें।'

२००३ मा एमडी गरेपछि जोशीले थेगुको खेम्यङ विश्वविद्यालयबाट चर्म रोग विषयमा २००५ मा स्नातकोत्तर गरे। हाल उनी त्यही  विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्। प्रो. ली क्युसकको सहयोगमा २००३ देखि नै थेगुको दोङसान अस्पतालको चर्म विभागमा काम  गर्ने अवसर पाएका हुन्। जोशी व्यस्त चिकित्सक मात्र होइनन्, राष्ट्रप्रेमी कुशल समाजसेवी पनि हुन्। उनकै सक्रियतामा सन् २००४ मा  स्थापना भएको लभ नेपाल संस्था विकसित भएर अहिले कोरिया नेपाल एसोसिएसन भएको छ। यसको मुख्य लक्ष कोरियामा नेपाली प्रकृति,  संस्कृति चिनाउनु तथा कोरियाली संस्कृतिलाई नेपाली समाज समक्ष पुर्‍याउनु हो। यो संस्थाले प्रत्येक वर्ष 'नेपाली साँझ' शीर्षकमा सांस्कृतिक  कार्यक्रम पनि आयोजना गद आएको छ। यस क्षेत्रका उद्योगपतिका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूको संलग्नता भएको उक्त संस्थाको अध्यक्ष  डा. किम दक यङ हुन्। डा.

जोशी र अन्य केही प्राध्यापकहरूको सक्रियतामा यहाँ केही महिना अघिमात्र नेपालको वाणिज्य दूतावास स्थापना  भएको छ। जोशीले भने- 'यसका लागि चार वर्ष प्रयास गर्नुपर्‍यो।'

अस्पतालको जिम्मेवारी बहन गद जोसिला जोशीले यस क्षेत्रका नेपाली तथा अन्य प्रवासीहरूको सुखदुःखमा सहभागिता जनाउँदै आएका छन्।  चर्मरोग विशेषज्ञ भए पनि यहाँ

रहेका प्रवासीहरूलाई समेत सहयोग पुग्ने भएकाले जोशीले फेमिली मेडिसीनतर्फ चासो राखे। अस्पताल  व्यवस्थापनले २०१० देखि जोशीलाई फेमिली मेडिसिनको प्रमुखमा जिम्मेवारी दिएको छ। भाषाकै कठिनाइका कारण कोरियामा अध्ययन गर्न  आउने नेपाली विद्यार्थीलाई गार्हो हुने उनको अनुभव छ। यहाँको सरकारले स्नातकभन्दा मुनिको तहका लागि एक वर्ष कोरियन भाषाको  अध्ययनमा अनिवार्य बनाएको छ। यहाँ अध्ययन गरेर यही सेवा गर्नेहरूका लागि उपयुक्त भए पनि स्वदेश फर्केर काम गर्न चाहनेहरूका लागि  भने खासै उपयुक्त नहुने राय जोशीको छ। स्नातकोत्तर र विद्यावारिधिका लागि भाषा पढ्नुपर्ने अनिवार्य नियम लागू हुँदैन। इच्छाअनुसारको यो ग्यता हासिल गरिसकेपछि नेपाल र्फकने सोचमा रहेका जोशीलाई नेपालको अवस्था, परिवारको सल्लाह र यहाँका नेपाली साथीभाइहरूले  आफ्नो आवश्यकता महसुस गरेपछि यतै कार्यक्षेत्र बनाउने निर्णयमा पुगेका हुन्। 'प्रवासमा बसियो छिटै यहाँ रहेका प्रवासीहरूको हितका  स्वास्थ्यसँग सम्बन्धित एउटा काम गर्नेछु,' जोशीले आफ्नो योजना खुलासा गरे।

कोरियामा अन्तराष्ट्रिय विवाह बढ्दै गएपछि सरकारले बहुसंस्कृतिक विकासलाई प्राथमिकता दिइरहेको अवस्थामा जोशी एसियाकै नमुना बने का छन्। यहाँको प्रमुख टेलिभिजनहरूले उनको जीवनी र दैनिकीलाई महत्त्वसाथ प्रचार-प्रसार गरेका छन् भने थेगु क्षेत्रका उच्च पदका  व्यक्तिहरूका साथै केही मन्त्री र सांसद्हरूसँग उनको राम्रो सम्बन्ध छ। कार्यकुशलताकै कारण उनी ख्यङजु र आन्दोङका अस्पतालहरूमा पनि  सेवा दिन पुग्छन्। दैनिक ८० देखि १ सय बिरामीको स्वास्थ्य परीक्षण गद आएका जोशीकै प्रयास र दोङसान अस्पतालको सहयोगमा यहाँका  चिकित्सकहरूले नेपालमा प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य परीक्षण गद आएका छन्। आउँदो वर्षका लागि पनि कुनै दुर्गम गाउँमा स्वास्थ्य शिविर  सञ्चालन गर्ने योजना रहेको उनले बताए। नेपाली हावा-पानी राम्रो भए पनि नेपालीहरूको स्वास्थ्य स्थिति निकै नाजुक रहेको जोशीको ठम्याइ  छ।

कोरियाली जनता स्वस्थ्यप्रति सचेत रहेको अनुभव पाएका जोशी नेपालीले पनि 'स्वास्थ्य नै धन हो' भन्ने तथ्य मनन गरेर आफ्नो  स्वास्थ्यप्रति सचेत

रहन सल्लाह दिन्छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

देवेन्द्र सम्बाहाम्फेद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :