खसलाको बहादुरी

पछिल्लो एक साता पूरा बेलायती मिडियामा १७ वर्षीया नवल खसला छाइन्। जताततै उनको मात्र चर्चा सुन्न पाइयो। उनकै कारणले क्रिकेट  ब्याट पनि चर्चामा आयो, भलै यसपल्ट त्यसको कुनै खेल वा प्रतियोगितासँग सम्बन्ध थिएन। धेरै पत्रिकाले हालेको हेड लाइन पनि लगभग  यस्तो थियो, खसलाले हुक सट खेलिन।

घटनाअनुसार खसला लिभरपुलस्थित आफ्नो घरमा प्रवेश गर्न लागेकी मात्र थिइन्, उनले आफूभन्दा धेरै बलिया र बढी उमेरका केही  व्यक्तिले चोर्दै भाग्न लागेको देखिन्। यस्तोमा खसलाले ती चोरलाई क्रिकेट ब्याटले प्रहार गरिन्। त्यो प्रहार यति शक्तिशाली थियो कि त्यसले  चोरलाई सीधै पुलिस स्टेसन पुर्‍यायो।

पुलिसको छानविनपछि खुलासा भयो, ती चोर त ४७ वर्षीय डे्रक पेरी रहेछन्, जसले चोरीको आरोपमा एक दर्जनभन्दा बढी जेल यात्रा तय  गरिसकेका थिए। उनी पेशेवेर चोर रहेछन्, तर यसपटक पेरी खसलाले क्रिकेट ब्याटबाट गरेको एक प्रहारमा 'बोल्ड' भए। आखिर क्रिकेट  ब्याटको मैदान बाहिर पनि काम हुँदो रहेछ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :