यौन जिज्ञासा र समाधान

गृहपृष्ठ » » यौन जिज्ञासा र समाधान » लेखहरु »

यसको कारण के होला ?

म १९ वर्षकी भएँ। म एउटा केटालाई मन पराउँछु र विगत एक वर्षदेखि ऊसँग यौनसम्पर्क गर्दै आएकी छु। यौनसम्पर्क गर्न थालेको पाँच  महिनापछि मेरो तल्लो पेट दुख्ने र सेतोपानी बग्ने समस्या देखिएको छ। यसको कारण के होला ?    

४८१८

तल्लो पेट दुख्ने र सेतो पानी बग्ने समस्या  

तपाईंलाई थाहै होला, योनिबाट सेतोपानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ। हाम्रो सामान्य शरीरक्रियासँग सम्बन्धित प्रक्रिया भएकाले  योनिश्राव स्वाभाविक हो। यस्तो स्वाभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला हुन्छ। पाठेघरको मुखबाट हुने श्राव  यस्तै महिनावारी भएको हप्तापछि सुरु भएर डिम्ब निष्कासनका बेलासम्म हुन्छ। यस्ता स्वाभाविक किसिमका योनिश्रावका लागि कुनै  किसिमको उपचारको आवश्यकता पर्दैन।

यीबाहेक, प्रजनन अङ्गका संक्रमणहरू, जसमा यौनरोग पनि पर्छ, अस्वाभाविक योनिश्राव हुने प्रमुख कारण हुन्। सामान्य रूपमा योनिबाट  आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको योनिश्राव हुन थाले त्यसलाई अस्वाभाविक योनिश्राव भनेर  बुझ्नुपर्छ। यौनरोग भन्नाले यौनसम्पर्कको माध्यमबाट सर्ने रोगहरूलाई बुझाउँछ। यौन सम्पर्क राख्दा कन्डमको प्रयोग गर्नुभएको थियो कि  थिएन भन्ने कुरा त तपाईंको प्रश्नबाट स्पष्ट भएन। संक्रमणमा अस्वाभाविक योनिश्राव हुन्छ। प्रायःजसो प्रजनन अङ्गको संक्रमणमा चिलाउने  हुनसक्छ तर तपाईंले त्यसका बारेमा उल्लेख गर्नुभएको छैन।

लिम्फोग्रालुनोमा भेनेरमः यो क्लामाइडिया ट्राकोमाटिसले गराउने एक किसिमको यौन रोग हो। यसमा पीपजस्तो गन्हाउने योनिश्राव हुन्छ अनि  भगक्षेत्रमा नदुख्ने किसिमको घाउ देखा पर्छ।

ब्याक्टेरियल भ्याजिनोसिसः स्वाभाविक रूपमै योनिमार्गमा हुने गार्डनेरेला भनिने जीवाणु अत्यधिक रूपमा बढ्न गै हुने यसमा माछाको जस्तो  गन्हाउने हुन्छ जुन यौन सम्पर्कपछि वा महिनावारी पछि अझै स्पष्ट रूपमा देखा पर्छ।

पाठेघरको मुखकोः पाठेघरको मुखमा हुने स्क्वामस कोषभन्दा फरक किसिमको श्लेम बनाउने कोलुमनार कोष बढ्दा बढी यो नि श्राव हुनसक्छ।

भ्याजिनल एडेनोसिसः योनिको भित्तामा हुने स्क्वामस कोषको सट्टामा श्लेम बनाउने कोलुमनार कोष बढेर श्लेष्म  किसिमको यो निश्राव बढी मात्रमा हुनसक्छ।

बाह्य वस्तुः कुनै बाह्यवस्तु योनिमा रहन गएको स्थितिमा पनि बढी योनिश्राव हुन सक्छ।

ट्राइकोमोनियासिसः ट्राइकोमोनास भ्याजिनालिसको संक्रमणबाट हुने यो संक्रमणमा चिलाउने नै प्रमुख लक्षण हुन्छ। बाक्लो योनिश्राव हरियो,  पहेंलो वा क्रिम किसिमको हुनसक्छ। यसको श्राव फिँजजस्तो हुन्छ। योनि तथा भग क्षेत्रमा दुख्न सक्छ। चिलाउने र योनिश्राव महिनावारी  सकिना साथ बढी हुन्छ।

क्यान्डिडियासिसः यो क्यान्डिडा एल्बिकान्स भनिने एक प्रकारको ढुसीको संक्रमणले हुन्छ। थोरै मात्रामा यो योनिमा हुने भए पनि विशेष गरेर  ग्लुकोजको मात्रा बढी भएको तथा योनिमार्ग बढी अम्लीय भएको बेलामा बढी हुन्छ। यो समयमा योनि एकदमै चिलाउँछ। योनिश्राव बाक्लो,  सेतो र चीजजस्तो हुन्छ र कतिपयले यसलाई दही जस्तो पनि भन्छन्। माछाको गन्धजस्तो पनि आउन सक्छ। यौनसम्पर्कमा पनि पीडा  हुनसक्छ। महिनावारी भएको बेला यसको लक्षण कम हुन्छ।

विशेष गरेर सेतो पानी बग्नुका साथै चिलाउने प्रकारको संक्रमणको कुरा गर्दा ट्राईकोमोनास, क्यन्डिडियासिस तथा गोनोरियाजस्ता संक्रमण  प्रमुख रूपमा देखा पर्न सक्छन्।

त्यसबाहेक प्रजनन मार्गको टयूमरः प्रजनन मार्गको तल्लो भागमा कुनै घाउ, ससाना चोटपटक, पोलेको वा टयूमरमा संक्रमण भए पनि यो नि श्राव बढी हुनसक्छ।

तपाईंको समस्याको निदानका लागि स्त्रीरोग विशेषज्ञसँग सम्पर्क गर्नु बेस होला।

म १९ वर्षको भएँ। मैले पहिलो पटक सम्पर्क गरें, जसले गर्दा लिंग दुखिरहेको छ। मेरो लिंगको छाला फर्किएको छैन। यसको समाधान के होला  ?  

१७८७

अग्रचर्म र यौनसम्पर्क

पुरुषको लिङ्गलाई एक विशेष छालाले छोपिएको हुन्छ जसलाई अग्रचर्म एचभउगअभ (प्रिप्युस) अथवा (फोर स्कीन) भनिन्छ। केही समुदायमा  धार्मिक वा परम्परागत सांस्कृतिक चलनअनुसार अग्रचर्म काट्ने चलन छ तर हिन्दू वा सिख समुदायमा अग्रचर्म काट्ने चलन पाइँदैन।

उमेरसँगै यसको प्वाल खुकुलो हुँदै जान्छ र सजिलै लिङ्ग मुण्डको अघि तथा पछि सार्न सकिन्छ, तर कसै कसैमा यसको प्वाल साँगुरो हुँदा  त्यसो गर्न सकिँदैन। विशेष गरेर यौनसम्पर्क गर्दा पीडा हुन्छ भने अग्रचर्म काट्नुपर्छ र यो शल्यक्रियालाई अंग्रेजीमा  सर्कमसिजन  भनिन्छ। यो शल्यक्रिया अग्रचर्म साँगुरो भएको स्थितिका लागि प्रभावकारी उपाय हो। यस किसिमको शल्यक्रियाका लागी अस्पताल भर्ना  हुनुपर्ने आवश्यकता पर्दैन। वास्तवमा यस्तो किसिमको शल्यक्रिया १०-१५ मिनेटमै सकिन्छ। यसमा दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ।  शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ। त्यसका लागि शल्य चिकित्सकको सल्लाह बमोजिम पीडा कम गर्ने तथा अन्य औषधीको  सेवन गर्नुपर्ने हुन सक्छ। त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुनः शल्यचिकित्सककहाँ आउनुपर्छ। राम्रो स्थानमा दक्ष  चिकित्सकबाट शल्यक्रिया गराउँदा यसका नकारात्मक असरहरू एकदमै न्यून रहेको देखिन्छ।

यसबाट कतै यौन सक्षमतामा असर पर्छ कि भन्ने विचार वा शंका-उपशंका उठ्न सक्छ, तर छोटकरीमा के भनौं भने खासै असर पर्दैन।  अग्रचर्म काटे पछि शिष्नमुण्डको संवेदनशीलतामा कमी आउने भएकाले कतिपयले यौनसम्पर्कको बेलामा आनन्द कम हुने कुरामा विश्वास  गर्छन् भने कतिपयले यौनसम्पर्क अझ आनन्ददायक हुने कुरामा विश्वास गर्छन्। मास्टर्स र जोनसनले गरेको एक अध्ययनमा अग्रचर्म काटेका  तथा नकाटेका पुरुषमाझ खासै भिन्नता देखिएन।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :