फेसबुकका विभिन्न एकाउन्ट तथा ग्रुप वालमा राखिएका रोचक सामग्रीहरू
प्रशान्त तामाङ त्यै नेपालीको भोटले इन्डियन आइडल हुने
अनुराधा कोइराला त्यै नेपालीको भोटले सीएनएन हिरो हुने
पुष्पा बस्नेत त्यै नेपालीको भोटले फेरि सीएनएन हिरो हुने
तर त्यै नेपालीको भोट पाएर गा'का नेता भनाउँदा
किन गएगुज्रिएका निस्केका होलान ???
०००
छोरोः बुबा, यो राजनीति भनेको के हो ?
बुबाः हेर छोरा, तिम्रो 'आमा' घर चलाउँछिन्, त्यसलाई 'सरकार' मान !
'म' कमाएर ल्याउँछु, 'कर्मचारी' मान ! घरमा काम गर्ने 'केटी' काम गर्छिन्,
उसलाई मजदुर मान ! 'तँ' देशको 'जनता' होस्, अनि तेरो भाइ देशको 'भविश्य' ...
यही हो राजनीति !
छोरोले कुरो बुझे झैं गर्दै भन्यो
छोरोः ओह......अब मैले 'राजनीति' मज्जाले बुझे बुबा, हिजो राति मैले देंखेको थिएः 'सरकार' मस्त निन्द्रामा थियो, 'कर्मचारी' किचेनमा 'मजदुर' सँग रमाइलो गर्दै थियो। 'जनता' को कसैलाई मतलव थिएन, अनि देशको 'भविष्य' रोइरहेको थियो।
क्या गजबको राजनीति हगी बुबा !
०००
विदेशमा दुःख गरेर फर्किएको नेपालीले नेपाली चलचित्र बनायो भने नाम यसप्रकार राख्लाः
धोका दियो म्यानपावरले
रुन्छ मेरो मन नेपाल सम्झेर
सात समुद्र पारीको माया
मेसिनसँगको लडाइँ
खरबारी र घरबारी साहूले खायो
०००
सुप्रभात भण्डारी लेख्छन्
पुरानो व्यंग, कुनै विद्वानले लेखेको एउटा मुक्तक, अहिलेको नेपालको गाइजात्रे राजनैतिक सन्दर्भसँग नेपाली जनताले गरेको भरोसासँग
मिल्दो छ।
प्वाल परेको डुंगामा चढेर खोलो तर्न अघि सरेपछि
गाँजाको बोटले गहुँ फलाउँला भन्ने भ्रम परेपछि
कुकुरको पुच्छरले सोझिन्छु भन्दैमा विश्वास गरेपछि
दूधको क्यानलाई
रक्सिले भरेपछि
गधालाई धोएर गाई
बनाउन खोजेपछि
नारायणहिटी दरबार पार्टी नै पिच्छे बसाइ सरेपछि....
०००
रिमिक्स
फेसबुक छोडी बुक तिर बढ्नु पर्या छ।
छातीमाथि किताब राखी पढ्नु पर्या छ।
भोलि उठी एक्जाममा के-के लेख्ने, केही थाहा छैन
पास हुने हो कि हैन, केही थाहा छैन्
बाचा डिस्टिङसन ल्याउँछु भनी गर्न पर्या छ।
छातीमाथि किताब राखी पढ्नु पर्या छ।
मनभरि म्युजिक अनि गर्लफ्रेन्डको माया
आँखाभरि निन्द्रा अनि लोडसेडिङको छाया
ओछ्यानमा ननिदाइ लड्नु पर्या छ
छातीमाथि किताब राखी पढ्नु पर्या छ।
०००
कुन काम पहिले सुरु कसले गर्यो ?
मादक पदार्थः शिव
डान्स बारः इन्द्र
केटी पट्याउनेः कृष्ण
परस्त्रीगमनः विष्णु
अत्यधिक सेवनः गणेश
कुरा काट्नेः नारदमुनी
विश्वास गरिहाल्नेः राम
कोठीः द्रौपदी
अनि फोकटमा मानव जातिलाई मात्र किन दोष ?
तपाईंको प्रतिकृया