फेसन

गृहपृष्ठ » » फेसन » लेखहरु »

पार्टी परफेक्सनका लागि स्टाईलिङ आइडिया

धेरैजसो स्टाइलिस आउटफिट तथा ट्रेन्डी एक्सेसरिज लगाउँदा पनि व्यक्ति सुन्दर देखिँदैन जति उसले चाहना राख्छ। यसको कारण  आउटफिटको फिटिङ, कलर, टेक्स्चर, एक्सेसरिजको गलत छनौट आदि हुन्छ। अतः केही स्टाइलिस्ट आइडियाजमा ध्यान पुर्‍याउनु आवश्यक  छ।

बोल्ड ब्ल्याक

पार्टीका लागि पहिरन चयन गर्दा के लगाउने भन्ने कुरा दिमागमा आएन भने ब्ल्याक आउटफिट छनौट गर्नुपर्छ, कारण ब्ल्याक अल टाइम  फेभरेट कलर हो अतः यो कहिल्यै आउट अफ फेसन हुँदैन। साडी होस वा सर्ट ड्रेस, ब्ल्याक कलरले हरेक पहिरनलाई क्लासी लुक प्रदान गर्छ।

स्मार्ट टिप्स

मोटोपन भएकाहरूले आफ्नो वार्डरोवमा ब्ल्याक कलरको पहिरनलाई समावेश गर्नुपर्छ, कारण यसले स्लिमर लुक दिन्छ।

क्लासिक सुज र क्लच

ट्रेन्डी सुज र क्लच सुन्दर मात्र देखिँदैन, यसले आउटफिटलाई कम्प्लीट लुक पनि प्रदान गर्छ। अतः आफ्नो बार्डरोवको एक्सेसरिज कलेक्सनमा  साइनी क्लच तथा पिन्क रेड, गोल्डन, सिल्भरजस्ता ब्राइट कलरका हाइहिल सुजलाई पनि स्थान दिनुपर्छ।

स्मार्ट टिप्स

इच्छाअनुसार एउटै सेडका सुज र क्लच प्रयोग गर्न सकिन्छ वा कन्ट्रास्ट कलर सेडसबाट पनि ट्रेन्डि लुक प्राप्त गर्न सकिन्छ।

डेनिम

मोस्ट पपुलर, कम्फर्टेबल, इजी टु मेन्टेन डेनिमको क्रेज कहिल्यै कम हुँदैन। त्यसैले जिन्स पनि कहिल्यै आउट अफ फेसन हुँदैन। जीन्सलाई  पार्टीहरूका लागि सहज रूपमा प्रयोग गर्न सकिन्छ। यसका लागि थोरै इमोभेटिभ भने हुनुपर्छ।

स्मार्ट टिप्स

पार्टीका लागि जिन्स लगाउँदा डार्क कलरलाई प्राथमिकता दिनुपर्छ।

एलिगेन्ट स्टोल

पार्टी ड्रेसलाई क्लासी लुक दिन स्टोल वा शल उपयोगी सावित हुन्छ। यसका लागि प्लेन आउटफिटका साथमा स्टोल लगाएर त्यसलाई  ग्ल्यामरस रूप दिनुपर्छ। यसैगरी साडीका साथमा शलको कम्वीनेसनले पनि स्मार्ट लुक प्रदान गर्छ।

स्मार्ट टिप्स

पार्टी लुकका लागि जिन्स र टिसर्टसित स्टोल लगाउन सकिन्छ।

सेक्सी बेल्ट

सिम्पल पार्टी ड्रेसलाई हेभी र स्मार्ट लुक दिन त्यसका साथमा क्रिस्टल वा बीडेड बेल्ट बाँध्नु राम्रो हुन्छ, तर यसो गर्दा बेल्टको वक्कल धेरै  बोल्ड नहोस भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। यदि इम्ब्रोइडरी बेल्ट प्रयोग गर्ने हो भने इम्ब्रोइडरी धेरै हेभी वा भद्दा नहोस भन्ने कुरामा पनि  सजग हुनुपर्छ।

सिफन ब्लाउज

पार्टी लुकका लागि शिफन ब्लाउज उपयोगी मानिन्छ। प्लेन सिफन ब्लाउजलाई कैयन कुरासित ट्राइ गर्न सकिन्छ। जस्तै यसलाई मेटल ने कपीसका साथ लगाएर हट एवं ग्ल्यामरस लुक प्राप्त गर्न सकिन्छ, पर्ल नेकपिससित लगाएर क्लासी लुक प्राप्त गर्न सकिन्छ।

साडी

प्रायः युवतीहरू पार्टीमा साडी लगाउन हिचकिचाउँछन्। उनीहरूका अनुसार साडी ट्रेडिसनल आउटफिट भएकाले यसको प्रयोगकै कारण अ रूले आफूलाई आउटेडेटेड मान्न सक्छन्, तर यो सोच पूर्णरूपले गलत हो। साडी अत्यन्त सेक्सी तथा ग्ल्यामरस आउटफिट हो। सिफन  साडीलाई डिजाइनर ब्लाउज, टयुब टप, कोर्सेट आदिसित लगाएर सेक्सी पार्टी लुक प्राप्त गर्न सकिन्छ। यो कम्बीनेसनका साथमा ट्रेडिसनल  ज्वेलरीको साटो फंकी वा क्लासी ज्वेलरी प्रयोग गर्नुपर्छ।

ट्रेन्डी ज्वेलरी

साधारण पहिरनलाई पार्टी लुक दिन ज्वेलरीको सहारा लिन सकिन्छ। प्लेन पार्टी ड्रेसका साथमा हेभी इयररिङ वा नेकपिस लगाएर  आउटफिटको लुक परिवर्तन गर्न सकिन्छ। अतः आफ्नो पार्टी ड्रेसका साथमा स्मार्ट ज्वेलरी लगाउन बिर्सनु हुँदैन।

स्टाइलिस वाच

घडी अब मात्र समय सूचक रहेन, यो आवश्यक फेसन एक्सेसरीज पनि बन्न पुगेको छ। त्यसैले आफ्नो कलेक्सनमा केही क्लासी घडीलाई  समावेश गर्नुपर्छ।

लिप ग्लस/कम्प्याक्ट

आफ्नो साथमा लिप ग्लस र कम्प्याक्ट राख्न बिसर्नु हुँदैन। कारण डान्स फलोरमा धुम मच्चाइसकेपछि फ्रेस लुकका लागि यी कुराको  आवश्यकता पर्न सक्छ।

फिल गुड फ्रेगरेन्स

सुगन्धित परफ्युमले आत्मविश्वास बढ्ने मात्र नभै अरुबाट प्रशंसा पनि दिलाउँछ। यसले अरूलाई आफूतिर आकषिर्त पनि गर्छ। अतः पार्टीमा  जाँदा परफ्युम छर्कन बिर्सनु हुँदैन। सुगन्ध माइल्ड हुनुपर्छ, कडा खालको हुनु ठीक होइन।

एटिच्युड

व्यक्तिले के लगाउँछ भन्दा पनि उसले त्यसलाई कसरी लगाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ। अतः जे लगाउने हो भने पूर्ण आत्मविश्वासका  साथ लगाउनुपर्छ। कारण व्यक्तिको एटिच्युड नै उसको पहिचान हो। आफूले लगाएको पहिरनले आफूलाई आकर्षक एवं सुन्दर देखाउनुपर्छ।  व्यक्तित्व निखारेको हुनुपर्छ र त्यसैबाट आत्मविश्वासको अभिव्यक्ति हुन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

रोजिन शाक्यद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :