मनोरञ्जन

गृहपृष्ठ » » मनोरञ्जन » लेखहरु »

रूपन्देहीमा मेला-महोत्सवको रमाइलो

हिउँद यामको सुरुवातसँगै लुम्बिनी अञ्चलको केन्द्र रूपन्देहीमा औद्योगिक व्यापार मेला, प्रदर्शनी एवं पर्यटन महोत्सव आयोजनाको  लहर सुरु भएको छ। वर्ष दिनको अन्तरालमा आयोजना हुने यस्ता मेला र महोत्सव जुनसुकै नाममा आयोजना भए पनि अधिकांश दर्शकहरूले  मुख्यतः मनोरञ्जन गर्ने अवसरका रूपमा लिन्छन्।

रूपन्देहीको सदरमुकाम भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि पाँचौं लुम्बिनी पर्यटन महोत्सव, कृषि तथा  राष्ट्रिय औद्योगिक व्यापार मेलाको रमाइलो सुरु भएको छ।

सिद्धार्थ रंगशालामा १० दिनसम्म चल्ने महोत्सवमा ३ सय स्टलमा राखिने देश विदेशका सामानको अवलोकन र किनमेलका साथै दैनिक रू पमा लोकदोहोरी, आधुनिक र हास्य विधाका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा रमाउन पाइने आयोजक संस्थाका अध्यक्ष दीपक  शर्मा बताउँछन्। भैरहवा मेलामा दर्शकहरूका लागि पहिलोपटक हेलिकप्टरबाट बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको व्यवस्था गरिएको छ भने ने पालकै ठूलो गाईपालन फार्म र नेपालमै रूपन्देहीमा मात्र पालन गरिएको अस्टि्रच चराको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। मेलालाई आधुनिक  गायनको भ्वाइस अफ भैरहवा र भैरहवा डान्स आइडलले पनि थप रमाइलो बनाउने सांस्कृतिक संयोजक चन्द्र थापा बताउँछन्।

भैरहवाको मेला लगत्तै बुटवलमा रूपन्देही व्यापार संघको आयोजनामा पुस ६ गतेदेखि १६ गतेसम्म लुम्बिनी एक्स्पो- २०१२ तथा अन्तर्राष्ट्रिय  व्यापार मेलाको आयोजना गरिएको छ। बुटवल १२ रामनगरस्थित बुटवल मण्डपको १६ बिघा फराकिलो मैदानमा हुने लुम्बिनी एक्स्पोमा ने पालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका सामानको प्रदर्शनीसँगै सूचना प्रविधि, अटो मोबाइल्स, कृषिका गरी करिब ५ सय स्टल छन्। विगतका मेला तथा महोत्सवभन्दा यस पटकको मेला फरक र आकर्षक बनाउन दर्शकको  रोजाइमा परेका चर्चित राष्ट्रिय कलाकारहरूलाई दैनिक रूपमा प्रस्तुतिका लागि निम्त्याइने सांस्कृतिक उपसमितिका संयोजक छविलाल शर्मा  बताउँछन्। दर्शकको रमाइलोका लागि अञ्चलस्तरीय डान्स आइडल, राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिता, लोकगीत प्रतियोगिता, अन्तर  विद्यालय लोक नृत्य प्रतियोगिता, हांस्यव्यंग्य प्रस्तुति, तेस्रो लिङ्गीको प्रस्तुतिसँगै अंग्रेजी नयां वर्ष मनाउने युवा-युवतीका लागि मेला स्थलमै  न्यू-एयर स्पेसल कन्सर्टसमेत प्रस्तुत गरिनेछ। ५ लाखभन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँबराबरको कारोबार  गर्ने लक्ष्य राखिएको मेलामा बाल उद्यान, विद्युतीय पिङ, सर्कस र जादुको रमाइलो पनि लिन सकिने आयोजक संघका अध्यक्ष टंक पोखरेलले  साप्ताहिकलाई बताए।

लुम्बिनी एक्स्पोपछि आगामी माघमा बुटवलमै पहिलोपटक राष्ट्रिय प्राङ्गगारिक कृषि मेला हुने भएको छ। कृषि मन्त्रालयले हरेक वर्ष देशका  विभिन्न स्थानमा गर्ने राष्ट्रिय प्राङ्गगारिक कृषि मेला यसपटक बुटवलमा गर्न लागिएको हो। कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, कृषि  व्यवसाय प्रवर्द्धन कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय, रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको संयुक्त आयोजनामा माघ २६  गतेदेखि ४ दिनसम्म सञ्चालन हुने मेलामा पनि दर्शकको मनोरन्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति मुख्य आकर्षण रहने  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

टोपराज शर्माद्वारा अन्य प्रकाशित लेखहरू

सांस्कृतिक साँझ
| अंकहरु: 15-36

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
पर्व  [1]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :