को बन्ला मिस ग्लोबल लुम्बिनी ?
१८ वर्षदेखि २५ वर्ष उमेर समूहका एकदर्जन बढी किशोरी एवं युवतीहरू यतिबेला मिस ग्लोबल लुम्बिनीको ताज चुम्ने अभिलाषासहित भैरहवामा बन्द प्रशिक्षणमा मग्न छन्। 'कला-संस्कृतिको संरक्षण, प्रतिभाको पहिचान र उत्थान' नारासहित भैरहवाकै क्याल्क नामक संस्थाले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा भैरहवा र आसपासका युवतीहरू आफ्नो सौन्दर्य तथा बौद्धिक क्षमता प्रदर्शन गरी उपाधि आफ्नो पोल्टामा पार्न तल्लिन छन्। कोरियोग्राफर आयुशा राईले मंसिर २८ गतेसम्म विभिन्न प्रशिक्षण दिएपछि उनीहरू लाई मंसिर ३० गते भैरहवाको गणतान्त्रिक सभागृहमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति माझ फाइनलमा उतारिने आयो जक संस्थाका मोहन गुरुङले जानकारी दिए। प्रतियोगीहरू इन्टरनेसनल मोर्डन फेसन कलेज (आईएफसी) बुटवलका डिजाइनरले तयार गरेका ग्ल्यामरस अनि क्रियटिभ पहिरनमा र्याम्पमा उत्रनेछन्। प्रतियोगितामा मिस ट्यालेन्ट, मिस फोटोजेनिक मिस पर्सानालिटी, मिस बेस्ट ड्रेस, मिस पपुलर, मिस क्याट्वाक,मिस ब्युटिफूल कम्पलेक्सन तथा मिस डिसप्लिनको उपाधि पनि प्रदान गरिनेछ।
तपाईंको प्रतिकृया