समाचार

गृहपृष्ठ » » समाचार » लेखहरु »

संगीतमय विन्दवासिनी एवार्ड

आइतबार साँझ भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित सांगीतिक समारोहमा वर्ष २०६९ को विन्दवासिनी म्युजिक  एवार्ड वितरण गरियो। विन्दवासिनी म्युजिक प्रालिले सुगम संगीत, पप, लोकदोहोरी, म्युजिक भिडियो तथा चलचित्रका गीत/संगीतका गरी २८  विधामा एवार्ड प्रदान गर्न उक्त समारोहको आयोजना गरेको हो। समारोहमा गीतकार किरण खरेललाई ५१ हजार रुपैयाँ राशिको भक्तराज  आचार्य संगीत प्रतिष्ठान लाइफ टाइम एचिभ्मेन्ट एवार्ड प्रदान गरियो। गीतकार खरेललाई गायक भक्तराज आचार्य तथा माणिकरत्नले दोसल्ला  ओढाएर सम्मान गरेका थिए।

यसपटकको समारोहमा गायक सत्यराज आचार्य तथा गायिका मिलन अमात्यले सुगम संगीततर्फको सर्वोत्कृष्ट गायक-गायिकाको एवार्ड जिते।  सत्यराजले 'पागलै भन' गीतबाट एवार्ड पाएका हुन् भने मिलन 'जसलाई मुटुको' गीतबाट पुरस्कृत भएकी हुन्। सर्वोत्कृष्ट गीतको एवार्ड  सशस्त्र प्रहरीका डीआईजी तथा गीतकार शैलेन्द्र शरदको 'ती आँखामा आँसु...' ले पायो। यही गीतबाट संगीतकार गैरे सुरेश सुगम संगीततर्फ को  सर्वोत्कृष्ट संगीतकार घोषित भए।

गायक सुमनकुमार श्रेष्ठको 'बिहानी' एल्बमले वर्षको सर्वोत्कृष्ट एल्बमको पुरस्कार पाएको उक्त समारोहमा गायक प्रहलाद तिमिल्सिनाले 'हे  तारा हे घामजुन' गीतबाट वर्षको सर्वोत्कृष्ट नव गायकको एवार्ड पाए। उत्कृष्ट रचनाकारको एवार्ड सीपी गौतमको 'पोखरी बन्यो हेर' गीतले  पायो। पप गायनतर्फ दिपेशकिशोर भट्टराईको 'भगवान मर्‍यो' सर्वोत्कृष्ट भयो भने पप गायिकातर्फको एवार्ड 'मेरो रूप हेरी हेरी' की की  गायिका आकांक्षा बस्यालले पाइन्। पप संगीतको पुरस्कार 'कोरेर प्रेम पत्र' गीतका गायक तथा संगीतकार कमल खत्रीले पाए। युगल गायनको  एवार्ड पनि यही गीतबाट गायक खत्री तथा गायिका बुनु राईले बाँडे।

लोक दोहोरीतर्फ सर्वोत्कृष्ट गायकको रुपमा बिमल डाँगी (मैले माया गर्न जानिन कि) पुरस्कृत भए भने गायिकातर्फ विष्णु माझी (घामले नि  पोल्दियो) पुरस्कृत भइन्। राजकुमार बगर पनि 'मैले माया गर्न...' बाटै उत्कृष्ट रचनातर्फ पुरस्कृत भए। उत्कृष्ट भाका तथा लय संकलनतर्फ को एवार्ड गायक तथा संगीतकार मिलन लामाले पाए। उनको 'बेसारेको मन छैन' गीतले दुई वटा एवार्ड जित्यो।

चलचित्र संगीततर्फ चलचित्र 'बिन्दास' ले ह्याटि्रक गर्‍यो। उक्त चलचित्रबाट गायक शिव परियार (बाटो मोडेर गयौ), गायिका दुर्गा खरेल (रिमझिम पानी) तथा संगीतकार अर्जुन पोखरेल पुरस्कृत भए।

म्युजिक भिडियो विधातर्फ कान्तिपुर टेलिभिजनकर्मी हावी रहे। सर्वोत्कृष्ट निर्देशकको एवार्ड सुरजसिंह ठकुरी -सुगम संगीत) ले पाए भने सर्वोत्कृष्ट छायांकारको एवार्ड विदुर पाण्डेले जिते। सर्वोत्कृष्ट सम्पादनतर्फ प्रकाश तुलाधर पुरस्कृत भए। लोकदोहोरी भिडियो निर्देशनमा कपिल  लामा उत्कृष्ट भए भने ध्वनि मुद्रणतर्फ राजेश्वर तण्डुकार उत्कृष्ट रहे। ध्वनि संयोजनको एवार्ड विजेश्वर तण्डुकारले जिते। एसियन म्युजिकले  उत्कृष्ट म्युजिक कम्पनीको एवार्ड पायो भने राष्ट्रिय भावनातर्फको एवार्ड 'मेरो देश डुब्नै लाग्यो...' गीतले पाए। 'कुनै बाटोमा तिमी एक्लै...'  गीतबाट अन्जु निरौला र सुशील खड्का सर्वोत्कृष्ट मोडलका रूपमा पुरस्कृत भए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

संकल्प वर्ष २०७१ का

परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ, आफू बदलिए समाज बदलिन्छ, समाज बदलिए...

पूरा लेख »
वर्ष ७० लाई सलाम गर्न मन लाग्छ

रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट आएका लोकप्रिय नेता हुन्।...

पूरा लेख »
संकल्प-२०७१

हरेक काठमा बल्ने सम्भाव्यता भएजस्तै हरेक युवामा पनि केही गर्न...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :