पर्यटकीय क्षेत्रको खोजीमा युवाहरू
युवाहरूको प्रयास, पर्यटन प्रवर्द्घन र विकास भन्ने नाराका साथ रोयल इस्टर्न इन्फिल्डर्स क्लबले पूर्वाञ्चलका पर्यटकीय स्थलको पहिचान तथा प्रवर्द्धन अभियान प्रारम्भ गरेको छ। अभियानअन्र्तगत १३ वटा इन्फिल्ड बाइकमा धरानका पत्रकारसहित १९ जनाको टोली धरानबाट एक दिनको यात्रामा धरान भ्यु प्वाइन्ट हुँदै भेडेटार, नाम्जे आत्माघर, डाँडा बजार, ध्वजे डाँडा, राजारानी हुँदै धरान फर्किएको छ। उनीहरूले पूर्वका सबै पर्यटकीय स्थलको पहिचान गरी यसलाई नेपालका अन्य क्षेत्रमा पनि प्रवर्द्धन गर्ने क्लबका अध्यक्ष योगेन राईले बताए। त्यसका लागि पूवर् का पर्यटकीय स्थलहरू घुम्न कति खर्च लाग्छ, कति दिनमा घुम्न सकिन्छ, कहाँ-कहाँ जान सकिन्छ सबै तथ्यांक निकालेर तस्बिर सहितको हाते पर्चा बनाएर प्रवर्द्धन अभियान चलाउने योजना क्लबको छ।
तपाईंको प्रतिकृया