गर्भवती शकीराको तस्बिर
पप गायिका शकीराले आफू गर्भवती भएपछिको ताजा तस्बिर ट्वीटरबाट सार्वजनिक गरेकी छिन्। यो तस्बिरमा ३५ वर्षीया कोलम्बियाई गायिका आफ्ना पुरुष मित्र २५ वर्षीय फुटबल खेलाडी गेरार्ड पिकको शरीरमाथि सुतेकी छिन्। उक्त तस्बिरमा दुवै जना क्यामेरातर्फ हेरेर मुस्कुराएका छन्। फुटबलर पिकले नीलो रंगको टी सर्ट पहिरिएका छन् भने शकीराले रातो रंगको कुर्ता लगाएकी छिन्। यो तस्बिरका साथमा उनले लेखेकी छिन्— 'यसैगरी अझै नौ महिना बिताउन पाए कति रमाइलो हुन्थ्यो।' यो जोडीले पहिलो सन्तानका रूपमा छोरा जन्मिने आशा गरेका छन्। जन्म लिने शिशु शकीरा र पिक दुवैका पहिलो सन्तान हुनेछन्। शकीराले गत सेप्टेम्बर महिनामा आफू गर्भवती भएको घोषणा गरेकी थिइन्।
तपाईंको प्रतिकृया