लक्छु निरौला, गायक
सांगीतिक क्षेत्रमा विराटनगरको प्रतिनिधित्व गर्न पाउँदा कस्तो लागिरहेको छ ?
सांगीतिक क्षेत्रमा विराटनगरको प्रतिनिधित्व गर्ने थुप्रै संगीतकर्मीको भिँडमा म पनि समावेश हुन पाउँदा खुशीसँगै गौरव समेत लागिरहेको छ।
अचेल के मा व्यस्त हुनुहुन्छ ?
दुई वर्षअघि '५ वर्ष' शीर्षकको एल्बमको सफलतापछि अहिले 'बदन' शीर्षकको दोस्रो एल्बमको अन्तिम तयारीमा व्यस्त छु।
'बदन' मा कस्ता गीत छन् ?
यसपटक मैले डान्सिङ नम्बरहरु गाएको छु। गीत सुन्ने बित्तिकै नाच्न मन लाग्ने गीतहरु तयार पार्न निकै मेहनत गर्नु परेको छ।
एल्बमको 'झुम्यो तिम्रो बदन' बाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
यो गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ। अर्जुन अधिकारीको निर्देशनमा बिमलेश अधिकारी र प्रियंका कार्कीले राम्रो अभिनय गरेका छन्।
तपाईंलाई 'देउसीरे...' गीतले कत्तिको लोकप्रिय बनायो ?
यसपटकको तिहारमा टेलिभिजनबाट प्रसारण भएको 'देउसीरे...' गीतका कारण म स्रोतामाझ परिचित भएँ तर भिडियोका छायाँकार प्रविण थापाको गीत छायांकन भएको केही दिनपछि नै दुर्घटनामा दुःखद निधन भएकोमा मर्माहत पनि छु।
तपाईंको प्रतिकृया