जम्का भेट

गृहपृष्ठ » » जम्का भेट » लेखहरु »

धीरज राई (गायक)

गायक धीरज राईलाई परिचयको खाँचो छैन। सांगीतिक क्षेत्रमा विगत २० वर्षदेखि क्रियाशील यी पप गायकले सुगम, लोक तथा रक शैलीका  गीतमा समेत आफूलाई प्रमाणित गरिसकेका छन्। स्वदेशका अधिकांश गाउँ-शहरमा आफ्नो सांगीतिक प्रस्तुती दिइसकेका धीरज नेपाल  बाहिर बसोबास गर्ने दर्शक तथा श्रोतामाझ पनि लोकप्रिय मानिन्छन्। एक दर्जनभन्दा बढी गीति एल्बम सार्वजनिक गरिसकेका धीरजले केही  पुस्तकसमेत लेखेका छन्। सांगीतिक कार्यक्रमका क्रममा एसियाका अधिकांश देशको भ्रमण गरिसकेका धीरज यसैसाता युरोपका करिब १०  वटा देशमा १६ वटा सहरमा एकल सांगीतिक कार्यक्रम गरेर स्वदेश फर्किएका छन्। डेनमार्कको कोपेनहेगनबाट प्रारम्भ भएको उनको  सांगीतिक यात्रा स्विडेन, पोर्चुगल, स्पेन, निदरल्यान्ड, बेल्जियम, फ्रान्स, स्विट्जरल्यान्ड हुँदै जर्मनीमा आएर टुंगिएको थियो। हरेक सहरका कायर् क्रममा धीरजले करिब दुई घण्टासम्म आफ्ना डेढ दर्जन लोकप्रिय गीत गाए। ठ्याक्कै २ महिना लामो युरोपको सांगीतिक भ्रमणपछि  काठमाडौं फर्किएका धीरजसँग साप्ताहिकका कृष्ण भट्टराईको जम्काभेटः



आफ्नो पछिल्लो युरोप टुरलाई ऐतिहासिक भन्दै हुनुहुन्छ नि ?

सोचेको भन्दा उपलब्धिमूलक भएकाले यसपटकको भ्रमणलाई ऐतिहासिक भनेको हुँ। एउटा नेपाली गायकले एउटै भ्रमणमा थुप्रै देशका धेरै  सहरमा कन्सर्ट दिनुलाई मैले उपलब्धिमूलक मानेको छु। डेनमार्क र जर्मनीमा एक-एकवटा कन्सर्ट गर्ने भनेर गएको थिएँ, अघिल्ला दुई कायर् क्रमको सफलताले मलाई दुई महिनासम्म अत्यधिक व्यस्त बनायो।

पहिलो कन्सर्ट कहाँ र कस्तो भएको थियो ?

डेनमार्कको कोपेनहेगनका आयोजक विजय अधिकारीले निम्ता गर्नु भएकाले पहिलो कार्यक्रम त्यहीँ थियो। पहिलो कार्यक्रमको सफलतापछि  युरोपका अन्य सहरका नेपाली दर्शकले मलाई सुन्ने माग गर्नुभएका कारण कार्यक्रमहरू बढ्दै गए।

सबैभन्दा सफल कार्यक्रम कुन देशमा भयो ?

प्रायः सबै कार्यक्रममा दर्शक सहभागिता राम्रो थियो। बेल्जियमको एउटा कार्यक्रममा भने सबैभन्दा बढी दर्शक भेला हुनुभएको थियो। करिब १  हजार नेपाली माझ गीत गाउन पाउँदा छुट्टै आनन्द आएको थियो।

दर्शकहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?

मलाई २० वर्षदेखि सुन्न चाहने दर्शकहरू पनि भेटेँ। मेरा पुरानादेखि नयाँ गीत मन पराउने दर्शकहरू पनि भेटेँ। प्रायः सबैको प्रतिक्रिया  सकारात्मक नै पाएँ। गायकले स्टेजमा राम्रो गीत गाएर आफूलाई प्रमाणित गर्नै पर्ने रहेछ भन्ने शिक्षा पनि पाएँ।

तपाईंको यो भ्रमण उपलब्धिमूलक हुने अन्य कुराहरू के-के थिए ?

मैले अंग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरेकाले युरोपका सहरहरू घुम्ने सानै देखिको रहर पूरा भयो। खासगरी कार्ल माक्र्सले पुस्तक ले खेको स्थान ब्रसेल्स, स्विट्जरल्यान्डमा अल्बर्ट आइन्स्टाइनको निवास, स्पेनको बार्सिलोना फुटबल क्लब, स्विट्जरल्यान्डको ज्युरिक तथा जेनेभा,  जर्मनीको बर्लिन वालजस्ता स्थानको भ्रमणलाई मैले उपलब्धिमूलक मानेको छु।

आर्थिकरूपले यो भ्रमण कत्तिको फलदायी भयो ?

मैले १६ वटा एकल कन्सर्टबाट करिब ३० लाख रुपैयाँ आम्दानी गरेँ। कला, साहित्य र गीत-संगीतमा भविष्य छैन भन्नेहरूका एउटा नेपाली  गायकको यो आम्दानी सम्झना योग्य हुन्छ जस्तो लाग्छ।

अबको योजना के छ ?

बेलायत र अमेरिकामा सांगीतिक कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा छ। यसबाहेक आगामी मार्च महिनामा अंग्रेजी भाषाका गीतहरूको  एल्बम 'डेस्टिनेसन' बेल्जियमबाट सार्वजनिक गर्ने तयारीमा छु। एरेञ्जमेन्ट नेपालमै गरे पनि रेकर्डिङका लागि बेल्जियमकै एउटा स्टुडियोसँग  सम्झौता गरेको छु।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :